जनजागृतिलाई सिद्धबाबाको साथ
![जनजागृतिलाई सिद्धबाबाको साथ](https://annapurnapost.prixacdn.net/media/albums/football12_20190604145736_SsmHLaP2Nl.jpg)
सिमरा : सिमरा गोल्डकपको आयोजक नव जनजागृति युवा क्लबलाई जितपुरस्थित सिद्धबाबा इन्जिनियरिङ वर्कशपले पोशाक र खेल सामाग्री प्रायोजन गर्ने भएको छ।
अब मोफसल र एन्फाले आयोजना गर्ने प्रतियोगितामा सहभागी हुदा सिद्धबाबाले उपलब्ध गराएको पोशाक क्लबका खेलाडीले लगाउने छन्। सिद्धबाबाले एक वर्षसम्म क्लबलाई आवश्यक खेल सामाग्री र पोशाक उपलब्ध गराउने ब्यहोरा सम्झौतापत्रमा उल्लेख छ।
जनजागृति क्लब एन्फाले आयोजना गर्ने सि डिभिजन लिग खेल्ने तयारीमा छ। सिमरा गोल्डकपको निरन्तर आयोजना गर्दै आएको क्लबले आफैंले सञ्चालन गरेको सिमरा एकेडेमीका उत्पादन खेलाडी लिएर लिगमा सहभागीता जनाउन लागेको क्लबका महासचिव शम्भुसिंह ठकुरीले बताएका छन्। ठकुरीले लिग खेल्ने तयारीमा रहेको क्लबलाई यस सम्झौताले ठूलो सहयोग मिलेको बताए।
विजय डिस्ट्रिलरीको उत्पादन रुस्लानले सिमरा गोल्डकपलाई प्रायोजन गर्दै आएको छ। क्लबले सिमरा गोल्डकपमा भने रुस्लानको जर्सी लगाएर खेल्ने सम्झौता भएको उपाध्यक्ष थापाले जानकारी दिएका छन्। सिमरा गोल्डकपबाहेक अन्य प्रतियोगितामा भने सिद्धबाबासँग भएको सम्झौता अनुसार खेल खेल्ने थापाले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)