मोटरसाइकल दुर्घटनामा तीन घाइते

मोटरसाइकल दुर्घटनामा तीन घाइते

विराटनगर : मोरङको धनपालथान गाउँपालिका-६ कदमाहामा बुधबार मोटरसाइकल दुर्घटनामा परेर तीनजना घाइते भएका छन्। रंगेली-विराटनगर सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ४ प ७४१ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर कवीन्द्र कार्कीले बताए।

उनका अनुसार बाटो काट्ने क्रममा ठक्‍कर दिँदा १० वर्षीय अंकित साह गम्भीर घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई नगरपालिका-२ झुर्कियाका ३६ वर्षीय रितलाल राजवंशी र पछाडि सवार २८ वर्षीय यादकुमारी राजवंशी घाइते भएको प्रहरीले जनाएको छ।घाइते तीनैजनाको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.