विश्व वातावरण दिवस : बेलबारीको इतिहास जोगाउने अभियान

विश्व वातावरण दिवस : बेलबारीको इतिहास जोगाउने अभियान

 विराटनगर : मोरङको बेलबारी नगरपालिकाको परिचय भिन्न छ। बहुआयामिक र धेरै महत्वको वृक्ष मानिने बेलका रुख प्रशस्त पाइने भएकै कारण नाम बेलबारी रहेको इतिहास छ।

तर, पछिल्ला दिनमा बेलबारीमा बेलका रुख पाइँदैनन्। ‘पहिले यहाँ बेलका रुख मात्रै पाइन्थे अरे,’ मेयर ज्ञानेन्द्र सुवेदीले भने, ‘अहिले धार्मिक कार्यका लागि बेलका पात खोज्न पनि अन्त जानु पर्छ।’ बेलबारीमा बस्ती विकास हुने क्रममा बेलघारी मासिएको भनाइ छ। रुख मासेर बस्ती विकास गरिएकै कारण अहिले बेलबारी बेलका रुखविहीन बनेको बूढापाकाले बताउने गरेको जानकारी सुवेदीले दिए। 

नगरपालिकाले ४६ औं विश्व वातावरण दिवसको अवसर पारेर बेलबारीको पुरानो परिचयलाई फर्काउने र कायम राख्ने उदेश्यले बेलका रुख हुर्काउने नयाँ कार्यक्रम अघि सारेको छ। बेलको सहरका रुपमा चिनाउने लक्ष्य छ। ‘बेलबारी नगरपालिकालाई हरित नगरीका साथै बेलको सहर बनाउने कार्यक्रमको लक्ष्य हो,’ मेयर सुवेदीले भने, ‘१० वर्ष भित्रमा बेलबारीलाई बेलका रुखमय बनाउने उदेश्यले सबै पक्षसँगको समन्वयमा अभियानको थालनी गरिएको हो।’ 

४६ औं विश्व वातावरण दिवसका अवसरमा बुधबार बेलबारी–३ स्थित पशुबजार लाइनमा उनैले ४६ वटा बेलका विरुवा रोपेर अभियानको थालनी गरे। 

उनका अनुसार खोला आसपासमा बढिरहेको कटान र भू–क्षयय रोक्न पनि बेलका रुखले सहयोग गर्छ। विशेष गरेर लोहन्द्रा र चिसाङ खोला आसपास तथा पूर्वपश्चिम राजमार्गको दायाँबायाँ एवं बेलबारी बजारलाई लक्षित गरेर बेलका बिरुवा रोप्ने र नगरको समृद्धिलाई बेलसँग जोड्ने योजना नगरपालिकाको छ। 

 पात र बोक्राबाट औषधि तथा रुखबाट दाउरा र काठ एवं बेलका दानाबाट  जुस बनाएर बिक्री गर्न सकिने भएकाले बेललाई बेलबारीको समृद्धिसँग जोड्न सकिने उनले उल्लेख गरे। त्यस्तै मानिसलाई आवश्यक पर्ने शुद्ध अक्सिजन पनि बेलबाटै प्राप्त हुने उनको भनाइ छ। धार्मिक कार्यका लागि पनि फल र पात महत्वपूर्ण मानिन्छ। 

‘यहाँको पहिचानसँग जोडिए पनि अहिले बेल पाउन मुस्किल परिरहेको छ,’ उप–मेयर ढाकाकुमारी पराजुलीले भनिन्, ‘बेललाई धार्मिक महत्वको मात्रै नभएर आम्दानीको मुख्य स्रोत पनि मानिन्छ।’ 

उप–मेयर पराजुलीले सामुदायिक वनका खाली जग्गामा समेत बेलका बिरुवा रोप्न उपभोक्ता समितिलाई आग्रह गरिसकिएको बताइन। भनिन्, ‘यहाँका ७ वटा वडामा खोलाको जोखिम उच्च छ। खोला नियन्त्रणमा समेत बेलका बोटले सहयोग गर्छ।’ 

बेलबारी–२ का वडा अध्यक्ष घनश्याम गौतमले हरियाली बचाउन, वातावरणको रक्षा गर्न अभियान सञ्चालन गरेको बताए। वैज्ञानिक वन व्यवस्थापन भन्दा बेलको बिरुवाबाट चाँडै प्रतिफल लिन सकिने अमना सिसौली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लीलाप्रसाद आचार्यले बताए। 

चालु आर्थिक वर्ष भित्रमा ५ सय र आगामी आर्थिक वर्ष २०७६/०७७ मा १ हजार बेलका विरुवा लगाउने योजना उपभोक्ता समितिको रहेको जानकारी आचार्यले दिए। 

बेललाई बहुआयामिक विरुवाका रुपमा लिन सकिने बताउँदै सेक्टर वन कार्यालय बेलबारीका प्रमुख शत्रुधन लाल देवले बाँझो र सार्वजनिक जग्गामा बेलका रुख हुर्काउन सके त्यसबाट राम्रो फाइदा लिन सकिने जनाए।  

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.