प्रदेश २ को विकास बजेट ९.२८ प्रतिशत मात्रै खर्च

प्रदेश २ को विकास बजेट ९.२८ प्रतिशत मात्रै खर्च

जनकपुरधाम : चालु वर्षको करिब डेढ महिना बाँकी रहँदा प्रदेश सरकारको विकास बजेट बजेट खर्च न्यून छ। प्रदेश २ सरकारले अहिलेसम्म ९.२८ प्रतिशतमात्रै विकास बजेट खर्च गरेको छ।

प्रदेश सरकारले २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट ल्याएको थियो। जेठ दो श्रो सातासम्ममा ८० करोड २१ लाख ७५ हजार ५ सय १७ मात्र खर्च भएको छ। वैशाखसम्म प्रदेश सरकारको १ अर्ब ३९ करोड ७४ लाख २६ हजार १७ बजेट खर्च भएको छ।

पूँजीगततर्फ १५ अर्ब ३१ करोड १३ लाख २५ हजार र चालु तर्फ १४ अर्ब ४७ करोड ५६ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको थियो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ५५.८३ प्रतिशत बजेट खर्च गरिसकेको छ, भने सबैभन्दा कम बजेट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १.७७ प्रतिशत रकम खर्च गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले बजेट खर्च गर्न नसक्नुमा कर्मचारी अभाव प्रमुख कारक रहेको बताउँछन्। उनले बजेट कार्यान्वयन गर्ने मुख्य समयमै कर्मचारी अभाव हुँदा बजेट फ्रिज हुने अवस्था देखिएको स्वीकार गरे।

सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले २.८७ प्रतिशत रकम मात्रै खर्च गरेको छ। प्रदेश सरकारले सेवा सुविधा, सवारी साधन खरिद पूर्वाधार मर्मतमा ३.१५ प्रतिशत खर्च गरेको छ। सरकारले हालसम्ममा ३० करोड भन्दा बढी रकम गाडी खरिदमा खर्चेको छ।

मन्त्रालय रहेका भवनको मर्मत सम्भार, रंगरोगन, फर्निचर खरिद, मेसिनरी उपकरण खरिदमा केही पुँजीगत खर्च भएका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख विनोद गेलालले कतिपय मन्त्रालयहरुबाट आर्थिक मसान्तमा खर्चको विवरण आउने गरेका कारण अहिलेसम्म यकिन विवरण आउन नसकेको बताए।

ज्ञानको अभावमा विकास निर्माणको योजना पूरा हुन नसकेको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनाल बताउँछन्। उनले भने, ‘प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमको बजेट समेत फ्रिज हुने अवस्थामा छ । प्रदेश २ मा अहिले पनि कर्मचारी अभाव छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.