मोरङको साबुन उद्योगको गोदाममा आगलागी

मोरङको साबुन उद्योगको गोदाममा आगलागी

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको एउटा साबुन उद्योगको गोदाम घरमा बिहीबार दिउँसो आगलागी भएको छ। हिमगिरी सोप इन्डट्रिज प्रालीको गोदाम घरमा आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। उनका अनुसार गोदाममा प्लाष्टिकका खाली बोरा, साबुन प्याक गर्ने र्‍यापर (प्लाष्टिक), काटुन, साबुन बनाउन प्रयोग गरिने केमिकल राखिएको थियो।

घामका कारण केमिकल तातिएर आगलागी भएको हुनसक्ने आशंका प्रहरीको छ। उद्योग सञ्चालकले आगलागीबाट २० लाख बढीको क्षति भएको जानकारी गराएको प्रहरीले जनाएको छ।

दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा तत्काल नियन्त्रणमा लिन सकिएका कारण आगो अन्यत्र फैलान नपाएको डीएसपी श्रेष्ठको भनाइ छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.