मोरङमा प्रहरीको नयाँ सुरक्षा रणनीति

मोरङमा प्रहरीको नयाँ सुरक्षा रणनीति

विराटनगर : आपराधिक घटना धेरै हुने भारतसँग सीमा जोडिएको मोरङ जिल्लाको सुरक्षामा प्रहरीले नयाँ रणनीति अपनाएको छ ।

समुदायको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै मोरङ प्रहरीले आफ्ना कामलाई चार भागमा विभाजन गरेर कारवाही अघि बढाउन थालेको हो । एक साताअघि मात्रै मोरङ प्रहरी प्रमुखका रुपमा एसपी विश्व अधिकारी सरुवा भएर आएपछि शान्ति सुरक्षा, अपराध नियन्त्रण एवं अनुसन्धानका नयाँ योजना प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । ‘काम कारवाहीलाई प्राथमिकीकरण गरिएको छ,’ अधिकारीले भने, ‘त्यसैलाई आधार बनाएर तय गरिएको रणनीति अनुरुप प्रहरी अघि बढ्छ ।’

सामुदायिक सुरक्षासँगै प्रहरीले अपराध नियन्त्रण एवं अनुसन्धान, ट्राफिक व्यवस्थापन र नागरिक अव्यवस्थाको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । ‘प्रहरीको मुख्य एवं पहिलो प्राथमिकता भनेकै सामुदायको सुरक्षा गरेर शान्त समाज निर्माण गर्नु हो,’ एसपी अधिकारीले भने, ‘समुदायको सुरक्षा नै गर्न नसकिएको खण्डमा प्रहरीका काम कारवाही कहीँ पनि सफल हुन सक्दैन ।’ शान्ति सुरक्षाको अवस्था कमजोर हुन नदिन तथा समुदायको सुरक्षालाई मात्रै केन्द्रित गरेर मोरङमा दैनिक ७ सय ९० जना प्रहरी ‘फिल्ड’मा परिचालन गर्न थालिएको जानकारी उनले दिए ।

प्रदेश १ को राजधानी समेत रहेको विराटनगरमा ट्राफिक व्यवस्थापन मुख्य चुनौतीको विषय मानिन्छ । मोरङ प्रहरी ‘एप्स’ सबैका हातहातमा पु¥याउने योजना रहेको पनि अधिकारीले जनाए ।

अपराध एवं अवैध गतिविधि नियन्त्रण र अनुसन्धानमा ‘एप्स’ प्रभावकारी बनेको उदाहरण देखाउँदै यसलाई सबै नागरिकको हातहातमा पु¥याउने योजना रहेको उनले सुनाए ।

साथै कुनै पनि अपराध, घटना वा अवैध गतिविधि भइरहेको ठाउँबाट एप्समार्फत फोटो वा त्यहाँको वास्तविक चित्र पोस्ट गर्दा त्यसको रेकर्ड तत्काल जिल्ला प्रहरी कार्यालयमा रहने छ । सोही रेकर्डका आधारमा तत्कालै प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन सकिने अधिकारीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.