‘चिकित्सा शिक्षा ऐन कार्यान्वयन चुनातीपूर्ण’

‘चिकित्सा शिक्षा ऐन कार्यान्वयन चुनातीपूर्ण’

विराटनगर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन्। चिकित्सा शिक्षा आयोग, सानोठिमी भक्तपुरले विराटनगरमा बिहीबार आयोजना गरेको राष्ट्रिय चिकित्सा ऐन, २०७५ अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन्।

उनले स्वास्थ्य क्षेत्रको गुणात्मकतालाई प्रत्याभूत गराउँदै स्वास्थ्य क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्न यस ऐनलाई प्रभावकारी कार्यान्वयन गर्नुको विकल्प नभएको बताए। संघीय संसदबाट पारित भएर कार्यन्वयनको चरणमा रहेको राष्ट्रिय चिकित्सा ऐनले चिकित्सा शिक्षा र सेवामा रहेको विकृतिको अत्य गर्ने भए पनि कार्यान्वयन केही चुनौतीपूर्ण रहने उनको भनाइ छ।

मन्त्री पोखरेलले ऐनलाई प्रभावकारी र जनमुखी बनाएर कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको दाबी गरे।

‘यो ऐन धेरै मेहनत गरेर सदनबाट पारित गरिएको हो। पारित गर्न नै मेहनत गर्नु परेकाले कार्यान्वयन चुनौतीपूर्ण हुन सक्छ,’ मन्त्री पोखरेलले भने, ‘नेपालको स्वास्थ्य, शिक्षाको क्षेत्रमा गुणात्मकतालाई प्रत्याभूत यो ऐनले गरेको छ। त्यही भएकाले प्रभावकारी कार्यान्वयन महत्वपूर्ण विषय हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.