कैलालीमा हावाहुरीको वितन्डा, गाडी नै उडायो, २१ घाइते

कैलालीमा हावाहुरीको वितन्डा, गाडी नै उडायो, २१ घाइते

धनगढी : पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति पुगेको छ ।

स्थानीय घाइते हुनुका साथै केही सवारी साधन समेत हावाले उडाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सेती अञ्चल अस्पतालमा हावाहुरीका कारण ११ जना भन्दा बढी घाइते भएका छन् ।

धनगढीसँगै जोडिएको डोकेबजारमा हावाहुरीले उडाएको ग २ प ८७२० नम्बरको पिकअप महिन्द्रा जीपका चालक र सहचालक दुबैजना घाइते छन् । कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरी नेतृत्वको प्रहरी टोलीले दुबैजनाको उद्धार गरी सेती अञ्चल अस्पताल पुर्याएको छ ।

कञ्चनपुर प्रहरीले सातजना भन्दा बढी घाइते महाकाली अञ्चल अस्पतालमा पुगेको जनाएको छ । हावाहुरीले कैलाली र कञ्चनपुरका सैयौं घरका छाना उडाएको छ भने पक्की घरको जीना (छतमा जाने बाटो)को जस्ताहरु उडाएको छ ।

स्थानीयहरु पूर्वी तराईको बाराको जस्तै हावाहुरी आएको बताउँछन् । कैलाली, कञ्चनपुरमा बिहीबार बेलुकी ८ बजेदेखि झण्डै ४० मिनेट जति आएको भयानक हावाहुरी अहिलेसम्मकै ठूलो भएको स्थानीयहरुको दावी छ ।

धनगढीका होटल सुनगाभाका सञ्चालक सुदीप क्षेत्रीको पनि हावाहुरीेले घरको छाना उडाएको छ भने उनको दुईलाख लागानीको सटरिङ उडाएको छ । श्रेष्ठले शुक्रबार छत हाल्ने तयारी गरेका थिए । कैलाली र कञ्चनपुरमा दर्जनौं विद्युतका पोलहरु ढलाएकाले विद्युत् आपुर्ती बन्द भएको छ भने नेपाल टेलिकमका पोलहरुमा पनि क्षति पुगेपछि केही स्थानको फोन सेवा समेत अवरुद्ध भएको छ । कैलाली प्रहरीेले मानिसहरु रुख ढलेर च्यापिएको खबर आए पनि त्यहाँ जाने सडकमा दर्जनौं रुखहरु ढलेकाले जान नसकेको जनाएको छ ।

‘हामीलाई धेरै ठाउँबाट रुखहरु ढलेर मानिसहरु च्यपिएको खबर आइरहेको छ, तर जान खोज्दा बाटो अवरुद्ध छ’ कैलालीका एसपी सुदीप गिरिले भने । उनले कैलालीभरका सबै प्रहरीलाई मानवीय उद्धारमा खटाएको बताए । ‘म आफैँ पनि फील्डमा छु, सबै प्रहरीलाई उद्धारमा खटिन निर्देशन दिएको छु’ एसपी गिरिले भने । कैलाली र कञ्चनपुरमा अहिलसम्मकै ठूलो बेगको हावाहुरी आएको अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.