उपमेयर कप क्रिकेट प्रतियोगिता सुरु

उपमेयर कप क्रिकेट प्रतियोगिता सुरु

बैतडी : दशरथचन्द नगरपालिकामा १९ बर्षमुनिको उपमेयर कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ। निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा शुक्रबार प्रतियोगिताको उद्घाटन भएको हो।

खेलमा दशरथचन्द नगरपालिका–६ थालिगडाले विजयी सुरुवात गरेको छ। थालिगडाले दशरथचन्द नगरपालिका ५ दशरथचन्दलाई ९ विकेटले स्तब्ध पार्दै विजयी सुरुवात गरेको छ। 

टस जितेर पहिला ब्याटिंग गरेको दशरथचन्द १३ दशरमलव ३ ओभरमा ११६ रनमा समेटियो। ११७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको थालिगडाले ९ दशमलव ५ ओभरमा १ विकेटको क्षतीमा लक्ष्य भेट्टायो। थालिगडाका लागि सुनिता लुहारले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रन बनाए भने विद्या कार्कीले पनि अविजित ४४ रन हिर्काए। 

यसअघि दशरथचन्दका लागी कृष्णा नाथले ४९ रन जोडेका थिए। कसिलो बलिंग गरेका थालिगडाका सुनिता लुहारले ३ विकेट हात पारे। दशरथचन्दका लागी १ मात्र विकेट कृष्णा नाथले झारे। खेलका म्यान अफ द म्याच सुनिता लुहार भएका स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.