१३ किलो चाँदीसहित एक पक्राउ

१३ किलो चाँदीसहित एक पक्राउ

जनकपुरधाम : जनकपुरधामबाट झण्डै १३ किलो चाँदीसहित एक जना पक्राउ परेका छन्। धनुषाको जनकपुरधाम उप–महानगरपालिका २३ बिन्धी एरियाबाट सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा १२.७ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका ४ पिगौना बस्ने ३४ वर्षीया बालबोधप्रसाद साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुशीलप्रसाद पराजुलीले जानकारी दिए। नेपालबाट अवैद्य रुपमा भारततर्फ चोरी पैठारी गरी लग्दै गरेको अवस्थामा साहलाई पक्राउ गरिएको हो। 

पक्राउ परेका साहको साथबाट १२.७ केजी चाँदी बुनिया, ज ३ प ६२८९ नम्बरको बजाज डिस्कभर मोटरसाइकल, नेपाली तथा भारु नोट गरी नगद ३ हजार ५ सय ३० नियन्त्रणमा लिई जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायव उपरीक्षक पराजुलीले जानकारी दिए। बरामद भएको चाँदीको मुल्य ८ लाख ४९ हजार ३ सय ५ पर्छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.