भारतमा नेपाली झन्डासहितको रेल

भारतमा नेपाली झन्डासहितको रेल

नयाँदिल्ली : नेपाल–भारत सीमा क्षेत्रमा कार्गो रेल सञ्चालन गर्ने सैद्धान्तिक सहमति गर्दै रेल्वे सेवा सम्झौताको दुईदिने बैठक दिल्लीमा सम्पन्न भएको छ । ‘यो सहमतिले भारतीय सीमा क्षेत्रभित्र नेपाली झन्डा भएको कार्गो ट्रेन सञ्चालन गर्न बाटो खुलेको छ,’ बैठकमा सहभागी एक अधिकारीले भने ।

वीरगन्जबाट भारतको कोलकाता बन्दरगाहसम्म कार्गो ढुवानीका लागि सैद्धान्तिक सहमति भएको छ । बैठकमा रेल पारवहनमार्फत हुने व्यापार सहजीकरणका समग्र विषयमा छलफल भएको थियो ।

भारतको रक्सौलबाट काठमाडौं जोड्ने रेलको सम्भाव्यता अध्ययनबारे पनि छलफल भएको छ । प्राविधिक पक्षमा भने छिटै प्राविधिकबीच छलफल भएर प्रक्रिया अघि बढ्ने अधिकारीहरूले बताए । मुख्य रुपमा कन्टेनर र बल्क कार्गोको आप्रवाहलाई सहज, सरल, द्रुत र मितव्ययी बनाउने विषयमा छलफल भएको सहभागी अधिकारीले बताएका छन् । बैठकमा भारतीय सीमाक्षेत्रमा नेपालको आफ्नै कार्गो ट्रेन सञ्चालन गर्ने विषयमा भएको सैद्धान्तिक सहमति महŒवपूर्ण रहेको अधिकारीहरुले बताए । यो सहमतिसँगै नेपालले सीमा क्षेत्रदेखि सामुद्रिक बन्दरगाहसम्म कार्गो ट्रेन सञ्चालन गर्न सक्नेछ ।

२००४ मा भएको रेल सम्झौताले कोलकतादेखि वीरगन्जसम्मको पारवहन सेवा मात्र समेटेको थियो । रेल्वे सम्झौतालाई समयसापेक्ष बनाउने विषयमा भारतीय पक्ष सहमत रहेको ती अधिकारीले जानकारी दिए । यसका लागि अब नेपाली पक्षले तयारी गर्नुपर्ने देखिएको छ ।

रेल सम्झौताको प्रावधानअनुसार नियमित रूपमा ६–६ महिनामा यो बैठक बस्नुपर्ने थियो तर २०१२ मा बसेको दोस्रो बैठकको सात वर्षपछि तेस्रो बैठक बसेको हो । ‘अब आगामी बैठक नियमित रूपमा बस्नेमा दुवै पक्ष सहमत भएका छौं’, बैठकमा सहभागी अधिकारीले भने । प्रावधानअनुसार आगामी डिसेम्बरमा चौथो बैठक काठमाडौंमा बस्ने सहमति भएको पनि अधिकारीले जनाए ।

बैठकमा भारतका आधिकारिक रेल्वे ढुवानी अनुमति पाएका कार्गो ट्रेनबाट पनि ढुवानी गर्न दिने विषयमा सैद्धान्तिक सहमति भएको छ । यसअघि निजी कार्गो ट्रेनबाट सामान ढुवानी गर्ने अनुमति थिएन । भारतले अन्य नाकाबाट पनि बल्क कार्गोको सुविधा दिनुपर्ने विषय नेपाली पक्षले उठाएको थियो । भैरहवा र विराटनगर नाका प्रयोग गर्ने सन्दर्भमा फेरि कुराकानी भएको र भारतीय पक्ष सकारात्क रहेको बुझिएको छ । अहिले बल्क कार्गो वीरगन्ज नाकाबाट मात्र भित्रिने गरेको छ ।

बैठकमा नियमित थप दुई बन्दरगाह गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह खोल्ने विषयमा नेपाली पक्षले प्रस्ताव राखेको थियो । भारतीय पक्षले बन्दरगाह खोल्न स्वीकृति दिने विषय वाणिज्य मन्त्रालयअन्तर्गत रहने जबाफ दिएको थियो । यी दुई बन्दगाह खोल्नका लागि नेपालले तीन वर्षअघिदेखि भारतीय पक्षसँग आग्रह गर्दै आएको छ ।

बैठकमा नेपाली पक्षले आठ वटा मुख्य एजेन्डाभित्र छलफल गरेको थियो । लगभग सबै विषयमा भारतीय पक्षले सहमति जनाएको नेपाली पक्षले जनाएको छ । अहिले नेपालले दुईवटा बन्दरगाह प्रयोग गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.