हुरीले पर्सामा फेरि ठूलो क्षति : एकको मृत्यु, पाँच घाइते (अपडेट)

हुरीले पर्सामा फेरि ठूलो क्षति : एकको मृत्यु, पाँच घाइते (अपडेट)

वीरगन्ज : आइतवार साँझ वर्षासँगै आएको हावाहुरीले पर्सामा फेरि क्षति पुगेको छ। आइतबार साँझ वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। 
 
आइतवार साँझ ठोरी गाउँपालिका १ मा चट्याङ लागेर २१ वर्षीय राजु विष्टको मृत्यु भएको हो। घरदेखि मुनि खेतमा भैँसी चराउन गएका बेला चट्याङले लागेको उनको घटनास्थलमै मृत्यु भएको स्थानीय शिक्षक प्रेम लामाले जानकारी दिए। दार्चुला जिल्ला घर भएका विष्ट कक्षा ११ को परीक्षा सकेर ठोरीस्थित मावली घरमा दुई सातादेखि बस्दै आएका थिए।  

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद घट्टराईका  अनुसार हुरीले वीरगन्ज महानगरपालिकामा मात्रै आइतबार  पाँचजना घाइते भएका छन्। 

वीरगन्ज ७ रामटोलमा महेस साहको निर्माण भइरहेको घरको पर्खाल भत्किदा त्यसमा च्यापिएर स्थनीय १६ वर्षीय ओमप्रकाश साह, १८ वर्षीय दिपेन्द्र पटेल र १५ वर्षीय सुनिल पटेल तथा वीरगन्ज १६ इनरुवामा नेक महम्मदको आफ्नै घर भत्किदा १४ वर्षीया छोरी गुल्सन खातुन र ३८ वर्षीया पत्नी शायदा खातुन घाइते भएका हुन्। पाँचैजना घाइतेको नारायणी अस्पतालमा उपचार भइरहेको छ। 

वीरगन्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफएमको टावर र सोलार प्यानलमा क्षति पुगेपछि साँझ ६ बजेपछि रेडियो प्रशारण बन्द भएको छ। 

हुरीले रेडियोको टावर बाँगिएको र १० वटा भन्दा बढी सोलार प्यानल पनि क्षति पुगेको रेडियोका कार्यकारी निर्देशक गोविन्द देवकोटाले जानकारी दिए। टावरमा क्षति पुगेपछि रेडियो प्रशारण अवरुद्ध भएको छ। 

इनरुवामा रुख ढलेर बाटो अवरुद्ध भएको प्रजिअ भट्टराईले जानकारी दिए। सुरक्षाकर्मीले बाटो खुलाउने काम गरिरहेका छन्। हुरीले छपकैयामा रहेको प्रहरी चौकीको पर्खाल पनि भत्काएको भट्टराईले जानकारी दिए। क्षतिको विवरण भने संकलन भइरहेको उनको भनाइ छ।  यसअघि शनिबार साँझ आएको हुरीले पर्साका दर्जनौं घरमा क्षति पुगेको थियो।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.