विद्युतका कर्मचारी र उपभोक्ताबीच कार्यालयमै झडप, पाँच घाइते

विद्युतका कर्मचारी र उपभोक्ताबीच कार्यालयमै झडप, पाँच घाइते

बारा : बाराको कलैयास्थित नेपाल विद्युत प्राधिकरण कार्यालयमा सोमबार प्राधरिकरणका कर्मचारी र उपभोक्ताबीच झडप भएको छ। विद्युत प्राधिकरणका कर्मचारीले बाँसको भाटाले प्रहार गर्दा तीन जना उपभोक्ता घाइते भएका छन्। टाउको फुटेर घाइते भएका कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरका राम बिहारी राउत अहिर, वीरेन्द्र यादव र राजेश (थर नखुलेका) को कलैयास्थित जिल्ला अस्पतालमा उपचार गरिएको छ।

विद्युत प्राधिकरणको लापरवाहीका कारण सोमबार बिहान ३ बजे हाइ भोल्टेज करेन्ट प्रबाह हुँदा टिभी, फ्रिज, पंखा, पानी तान्ने मोटर लगायत घरायसी विद्युतीय सामग्री जलेर नष्ट भएपछि क्षतिपूर्तिको माग गर्दै रामपुरका उपभोक्ता कलैया बजारस्थित विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका थिए।

कार्यालयको मूल गेटमै धर्ना र प्रदर्शनमा रहेका रामपुरका उपभोक्तामाथि प्राधिकरणका कर्मचारीले बाँसको भाटाले प्रहार गरेको रामपुरका स्थानीय कन्हैया महत्तोले बताए।

करिब ४०/ ५० को संख्यामा पुगेका स्थानीयवासीले कार्यालय प्रमुख गजेन्द्र चौधरीलाई कार्यालय परिसरमा बोलाउन माग गर्दै प्रदर्शन गर्न थालेपछि विद्युत प्राधिकरणका कर्मचारीले उनीहरूमाथि आक्रमण गरेको उनले बताए।

बिहान साढे ११ बजेदेखि प्राधिकरणको मूल गेट नै बन्द गरी धर्नामा बसिरहेका प्रदर्शनकारीमाथि प्रहरी पुगेपछि प्राधिकरणका कर्मचारीले आक्रमण गरेको प्रदर्शनकारी सानु मिया अन्सारीले बताए।

तर विद्युत प्राधिकरण कलैयामा कार्यरत फोरम्यान परबेज आलमले भने प्रदर्शनमा आएको अराजक भिडले कर्मचारीहरूमाथि हातपात र आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि कर्मचारीले प्रतिकार गरेको बताए।

प्रदर्शनकारीको आक्रमणबाट आफूसहित दुई कर्मचारी सामान्य घाइते भएको उनले बताए।

प्रहरीले तीन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। उपभोक्ता र कर्मचारीबीच झडप भएपछि कलैयास्थित विद्युत प्राधिकरण कार्यालय सोमबार बन्द भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.