सरकार राहत कहिले पाइन्छ ?

सरकार राहत कहिले पाइन्छ ?

धनगढी : कैलाली र कञ्चनपुरमा हावाहुरीले बितन्डा मच्चाएको सातादिन बितिसकेको छ। पीडितहरुले अहिलेसम्म राहत पाएका छैनन। निरीक्षण र अनुगमन गर्न पुग्नेहरु खाली हात मात्रै आउने गरेको गुनासो उनीहरुले गरेका छन्। तीन तहका सरकारका प्रतिनिधिले सामान्य राहत पनि वितरण गरेका छैनन।

‘भेटनका लागि सरकारका मान्छे धेरै आए, तर कसैले केही दिएन’ धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाकी सुत्केरी कल्पना नेपालीले भनिन्। टीनको छत हावाहुरीले पुरै उडाई दिएको छ। भीत्ता पनि काम नलाग्ने छन्।

‘दुधे बालक सहितका तीन छोराछोरीको मुख टाल्न छिमेकीले पाँचसय रुपैयाँ दिए, त्यसकै चामल किनेर जाउलो खुवाइ रहेकी छु’ कल्पनाले भनिन्। दुइ छोराछोरी सातादिन देखि स्कुल गएका छैनन। श्रीमान कामका लागि भारत गएको ३/४ दिन मात्रै भएको छ।

जुगेडाकै दिर्घ विक र गगन विक आमाको किरिया बसेका छन्। घरको पुरै छानो पनि हावाहुरीले उडाई दिएको छ। ‘किरियापुत्रीले बसेको घर परिवर्तन गर्न मिल्दैन, बुधबार पनि हावाहुरी आएर पुरै भिजायो, कहाँ गएर बस्ने ? ’ दीर्घ विकले भने। ‘घरको चार लाख ऋण छ, अहिले यस्तो वितन्डा भयो’, उनले भने। सोही ठाउँकै सरु नेपालीका छोरा अशोक घाईते छन्। उनको टाउँकोमा छोट लागेको छ। ‘आफन्तबाट रकम मागेर छोराको उपचार त गरे’, उनले भनिन्,‘ यो घर कसरी बनाउने भन्ने चिन्ता छ। ’ श्रीमान भारतमा काम गर्छन्। ‘धेरै आएर हेर राहत भने कसैले दिएनन् ’,सरुले गुनासो गरिन्।

धनगढीको सी गाउँका रतन कोलीको जस्तापाता खसेर करङ भाँचिएको छ। उनले उपचारसमेत पाएका छैनन। तीनवटा सरकार भए पनि कसैले पीडितको दुःखमा मलम लगाउने काम गरेनन्। धनगढी उपमहानगरपालिकाको प्रारम्भीक तथ्यांक अनुसार १७ सय २२ घर पूर्णरुपमा क्षतिग्रस्त छन्। १२ सय ३२ घरमा क्षति भएको छ। तर अहिलसम्म ती घरधुरीमा स्थानीय, प्रदेश र संघीय सरकारको कुनै पनि राहत पुगेको छैन।

त्रिपाल केही वडामा वितरण गरिएको छ। बुधबार पनि कैलाली र कञ्चनपुर लगायतका पश्चिम तराईका जिल्लाहरुमा ठुलो हावाहुरी चलेको छ। ‘तीनै सरकारले घोषणा गरेको राहत समयमा नपुग्ने हो भने, अबको हावाहुरीले बढी मानवीय क्षति हुने देखिन्छ’ स्थानीय गोविन्द ओझाले भने। तत्काल रकम दिएर विपन्न बर्गका जनताका घरको छानो निर्माण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ। धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले केन्द्र सरकार मौन बसेको बताए।

तत्काल राहत र क्षतिपूर्ति दिन उनले सरकारसँग माग गरे।। केही स्थानीय युवा भने हावाहुरी पीडितका घर, टहरा पुनर्निर्माणमा जुटेका छन। नेकपाका युवाहरु, धनगढीको वडा नम्बर १२ मा भत्किएका घरहरु बनाउने काममा खटिएका हुन। रोटरी क्लब अफ धनगढीले पनि पीडितका तीन वटा घर निर्माण गरेको छ। रोटरीले थप २० वटा घर पुनर्निर्माण गरिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.