चिट्ठा परेको छ भन्दै इमोमार्फत ठगी गर्ने दुई पक्राउ

चिट्ठा परेको छ भन्दै इमोमार्फत ठगी गर्ने दुई पक्राउ

विराटनगर : २५ लाख रुपैयाँको चिट्ठा परेको छ भन्दै इमोमार्फत् ठगी गर्ने दुई जनालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ। 

विराटनगर महानगरपालिका–११ का २३ वर्षीय निरज मरिक र मोरङको धनपालथान गाउँपालिकाका ३६ वर्षीय श्रवण मलाहालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। 

उनका अनुसार दुवैको मिलोमतोमा २०७५ साल पुस १५ गते २५ लाख रुपैयाँको चिट्ठा परेको भन्दै इमोमार्फत् इलामको माई नगरपालिकाका पासाङ शेर्पालाई ठगी गरेको खुलेको छ। 

चिट्ठा परेको र त्यो वापतको रकम पाउनका लागि कर तिर्नु पर्ने भन्दै शेर्पाबाट दुई पटक गरेर एक लाख २० हजार रुपैयाँ ठगी गरेको खुलेको डीएसपी श्रेष्ठले बताए। पहिलोचरणमा ४५ हजार रुपैयाँ र कम्प्युटर लक लागेको भन्दै दोस्रो चरणमा ७५ हजार रुपैयाँ माग गरेको पाइएको छ। बैंक खातामा रकम शेर्पाले जम्मा गरिदिएपछि भने दुवै जना सम्पर्कविहीन बनेको प्रहरीको भनाइ छ। 

उक्त रकम पठाउनका लागि ग्लोबल आइएमई बैंकको खाता नम्बर उपलब्ध गराएका कारण मरिक र उपलब्ध खातामा रकम पठाउन लगाएका कारण मलाहालाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। दुवैजना विरुद्ध शेर्पाले किटानी जाहेरी दिएका थिए। मलाहालाई एक वर्ष अघि पनि विराटनगरको हाटखोला चौकबाट इमोमार्फत् ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका उनी अदालतले मागेको २ लाख रुपैयाँ धरौटी बुझाए छुटेका थिए। 

इमो ठगी काण्डमै पक्राउ परेका मलाहासहित दुवैविरुद्ध ठगी मुद्दा चलाउन बिहीबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.