खाली गाडी जोगवनी नाका हुँदै भारत जान रोक

खाली गाडी जोगवनी नाका हुँदै भारत जान रोक

विराटनगर : ढुवानीमा प्रयोग गरिने खाली गाडी विराटनगरको जोगवनी नाका हुँदै भारत प्रवेशमा रोक लगाइएको छ। भारतीय सुरक्षा बल (एसएसबी) ले जामका कारण जोगवनी बजार क्षेत्र अस्तव्यस्त बनेको भन्दै प्रवेशमा रोक लगाएको हो। जोगवनीबाट २० किलोमिटरको दूरीमा रहेको फरवेशगन्जसम्म पुग्न ६ घण्टा भन्दा बढी समय लाग्न थालेको एसएसबीको दाबी छ।

अररिया जिल्लाका डीएम (डिस्ट्रिक मजिस्ट्रेट) वैद्यनाथ यादवले जोगवनी नाकाबाट खाली सवारीसाधन नपठाउन मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई आग्रह गरेका छन्। माथिको आदेश भन्दै नाकामा गाडी प्रवेशमा रोक लगाएपछि बिहिवार दिनभर नाका ठप्प रह्यो। एसएसबीले कुटपिट गरेको भन्दै जोगवनी भन्सारका एजेन्ट आन्दोलित बनेपछि आयात निर्यात पूर्ण रुपमा प्रभावित भयो।

नाका ठप्प हुँदा भारत तथा तेस्रो मुलुकबाट माल सामान बोकेर आएका सयौं सवारीसाधन भारतीय भूमीमै रोकिए। ती साधन नेपाल प्रवेश गर्न नपाउँदा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन पनि प्रभावित भएको भन्सारका सूचना अधिकारी मनिराम पौडेलले बताए। उनका अनुसार भन्सारको मुख्य नाका नै ठप्प हुँदा साँझसम्म पनि मालवाहक सवारी साधन नेपाल भित्रिएनन्।

भारत तथा तेस्रो मुलुकबाट यो नाका भएर दैनिक तीनसय बढी मालवाहक सवारीसाधन नेपाल भित्रिने गरेका छन्। भन्सारमा दैनिक १२ देखि १५ करोड रुपैयाँसम्म राजस्व संकलन हुने गर्छ।

मोरङका प्रमुख जिल्ला अधिकारी केसीले विराटनगर– १८ को बुधनगरमा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को बाटो हुँदै गाडी पठाउने विषयमा भारतीय पक्षसँग व्यवहारिक सहमति भएको जानकारी दिए। बेलुका ७ देखि बिहान ७ बजेसम्म उक्त बाटो प्रयोग गर्न सकिने छ। तर भारतको परराष्ट्र मन्त्रालयले सहमति दिनुपर्ने भए पनि आईसीपी उद्घाटन नभएका कारण कानुनी जटिलता आउने भन्दै उसले सहमति दिन भने मानेको छैन।

प्रजिअका अनुसार आईसीपी सञ्चालनमा आएपछि भने पूर्ण रुपमा यो बाटो प्रयोग गर्ने अनुमति दिइने छ। दिउँसो भने खाली गाडीलाई पनि यो बाटो प्रयोगमा रोक लगाइएको छ। सामान लोड गरेर आएका गाडीले भने जोगवनी नाका हुँदै विराटनगर प्रवेश पाउने छन्। नेपालको उद्योग मन्त्रालयले मालवाहक सवारी साधन आवतजावतमा देखिएको समस्या समाधान गर्न भारतीय पक्षसँग छलफल गर्नुपर्ने देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.