जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीनको मृत्यु

जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीनको मृत्यु

महेन्द्रनगर : कञ्चनपुरमा जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। कञ्चनपुरको गड्डाचौकीबाट महेन्द्रनगर बजारतर्फ आइरहेको म १ ह ७६३ नम्बरको ई रिक्सालाई विपरित दिशाबाट गइरहेको से १ क ७३३ नम्बरको जेसीबीले भीमदत्त पन्त नगरपालिका - ६ बनगाउँ नजिक ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा पाँच जना घाईते भएका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ बनगाउँमा ठक्कर दिएपछिको ई रिक्सा । तस्बिर : राजेन्द्र भट्टको फेसबुकबाट ।

मृतकमध्ये दुईजना पुरुष र एक महिला रहेको कञ्चनपुर प्रहरीले जनाएको छ। घाइते पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए। घाईते सबै जनालाई महाकाली अञ्चल अस्पतालमा पुर्‍याइएको छ। मृतकका शवलाई पनि महाकाली अञ्चल अस्पतालमा राखिएको छ। मृतकहरु भारतबाट आएका नेपालीहरु हुनसक्ने भएपनि उनीहरुको सनाखत हुन नसकेको प्रहरी उपरीक्षक आचार्यले बताए।

जेसीबी महेन्द्रनगरबाट महाकालीको चारलेन पुलको पहुचमार्ग निर्माणका लागि भुजेलातर्फ गईरहेको प्रहरीले जनाएकको छ। चालक र जेसीबी प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.