व्यवसायीको गुनासो : व्यापारिक मार्ग त्रुटीपूर्ण छ, अर्बौँ लगानी डुब्नसक्छ !

व्यवसायीको गुनासो : व्यापारिक मार्ग त्रुटीपूर्ण छ, अर्बौँ लगानी डुब्नसक्छ !

वीरगन्ज : वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा निर्माणाधिन वीरगन्ज पथलैया ६ लेनको व्यापारिक मार्गको डिजाइन त्रूटीपुर्ण भन्दै व्यवसायीहरुले आफ्नो अर्बौँ लगानी जोखिममा पर्ने गुनासो गरेका छन् ।

निर्माणाधिन ६ लेनको व्यापरिक मार्गको नाला र बारको डिजाइनमा सुधार नगरिए औद्योगिक कोरिडरमा रहेका उद्योग कलकारखाना सञ्चलनमा ठूलो समस्या आउने व्यवसायीहरुको भनाइ छ । पथलैयादेखि परवानीपुरसम्मको सडक विस्तार गरी ६ लेनको र परवानीपुरदेखि गण्डकसम्मम सडक चार लेनको बनाउने काम चलिरहेको छ ।

ती दुवै सडक विस्तारका क्रममा निर्माण गरिएको नाला र सडकको दुवैतिर चारफिटे बारको डिजाइन त्रूटीपूर्ण रहेको व्यवसायीहरुले गुनासो गरेका हुन् । वीरगन्ज उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सडक र नालाको डिजाइनमा सुधार गर्न आग्रह गरेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडियाले अहिले निर्माण गरिएको नालामा वर्षाका बेला सडकको पानी मात्र निकास हुने तर उद्योगबाट निस्कने पानीको भने निकास हुन नसक्ने त्रुटी औंल्याए । जहाँ वर्षाका बेला उद्योग नै डुबानमा पर्ने गरेको उनले बताए ।

‘यदी सडक विभागले नालाको डिजाइनमा परिवर्तन गरेन भने वर्षाका बेला सबै उद्योगहरु डुबानमा परेर बन्द हुने निश्चित छ,’ केडियाले भने । उद्योग क्षेत्रको पानी कहाँ कसरी निकास हुने भन्ने बारे सडक विभागले योजना बनाउनुपर्ने उनको सुझाव छ ।

उद्योगीहरुका अनुसार सडक विस्तार भन्दा पहिले सडकको दुवै छेउमा नाला नहुँदा वर्षा भएका बेला पूर्व र पश्चिम छेउबाट सडक र उद्योगको पानी बग्ने गथ्र्यो । तर अहिले सडक विस्तारका क्रममा निर्माण भइरहेको नालामा उद्योगको पानीको निकास नै नहुने गरी संरचना बनाइएका कारण यस कोरिडोरमा रहेका करिब सात सय उद्योगहरु वर्षाका बेला डुबानमा परेर बन्द नै हुने केडिया बताउँछन् । सडक विस्तार भन्दा पहिले नै व्यवसायीहरुले सुझाव दिए पनि लागु नभएको गुनासो गर्दैआएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.