३० वर्षपछि पक्की पुल

३० वर्षपछि पक्की पुल

वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ पर्ने रामवन र महुवाटाडी गाँउ जोडने शिवनगर खोलामा ३० वर्षपछि पक्की पुल निर्माण भएको छ।

तीन दशक पहिले बनाइएको साँघुरो काठे पुल २०७४ सालको साउनमा आएको बाढीले बगाइदिएपछि त्यसयता स्थानीयलाई खोला तरेर आउजाउ गर्न थप सास्ती भइरहेको थियो।

तर अहिले उक्त खोलामा करिब २० लाख रुपैयाँ लागतमा पक्की पुल बनेपछि स्थानीय हर्षित भएका छन्।

वीरगन्ज महानगरपालिकाको नगरस्तरीय योजनाको १८ लाख र स्थानीय जनश्रमदानबाट एक लाख ९६ हजार गरी कुल १९ लाख ९६ हजार रुपैयाँमा वडा नम्बर ३२ रामवन र महुवाटाँडीबीचको खोलामा पक्की पुल निर्माण गरिएको हो।

पुल उद्घाटन गर्दै नगरप्रमुख विजय सरावगी। फोटोः क्रान्ति शाह/अन्नपूर्ण


जेठ दोश्रो साता देखि सन्चालनमा आएको नवनिर्मित पुलको औपचारिक उद्घाटन भने शनिबार वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले गरेका छन्।

रामवनका स्थानीय नारायण त्रिपाठीले पक्की पुल बनेपछि कार, जिप, टयाक्टर, बसजस्ता ठूला सवारीसधान सहज रुपमा गाउँमा आइरहेको बताए।

वडाध्यक्ष रियाज अहमदले पनि पुल बनेपछि सवारीसाधनसहित आवतजावत गर्न सहज भएको बताए। पुल निर्माणपछि रामवन क्षेत्रका एक सय बढी घरधुरी लाभाविन्त भएको उनले बताए।

शनिबार पुल उद्घाटन गर्दै नगरप्रमुख सरावगीले महानगर क्षेत्रमा उपभोक्ता समितिमार्फत् संचालित साना ठूला चार सयवटा विकास निर्माणका काममध्ये रामवनमा उपभोक्ता समितिमार्फत् निर्माण गरिएको शिवनगर पुल सबै भन्दा उत्कृष्ट देखिएको बताए।

रामवनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सोच आफूले बनाएको सरावगीले सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.