चालक अनुमति पत्रको परीक्षास्थलमै नतिजा

चालक अनुमति पत्रको परीक्षास्थलमै नतिजा

दाङ : यातायात व्यवस्था कार्यालय दाङले आइतबारदेखि चालक अनुमति पत्र परीक्षास्थलमै नतिजा सार्वजनिक गर्न सुरु गरेको छ। प्रयोगात्मक परीक्षालाई व्यवस्थित गर्ने उद्देश्यले परीक्षा दिएकै दिन नतिजा प्रकाशन सुरु गरेको हो।

कार्यालय प्रमुख मित्रलाल ढकालले सवारी चालक अनुमति पत्रको लागि ट्रायल दिइसकेपछि बेलुका सोही ठाउँबाटै नतिजा प्रकाशन गरिएको बताए। उनका अनुसार आइतबार परीक्षामा सामेल एकहजार दुईसय परीक्षार्थीमध्य एकसय ७५ जनाको उतिर्ण नतिजा प्रकाशन गरिएको छ।

यस्तै आइतबारदेखि कार्यालयले परीक्षालाई मर्यादित र पादरर्शी बनाउन सीसी क्यामेरा जडान गरेको छ। प्रदेश ५ मा रहेका तीन वटा कार्यालयमध्य दाङमा पहिलो पटक सीसी क्यामेरा जडान गरिएको हो। उनले सिसी क्यामेरा जडान भएपछि यातायातको चालक अनुमति पत्रको परीक्षा भरपर्दाे, व्यवस्थित बनेको बताए।

ट्रायलस्थल पुरै कभरेज गर्न पाँच स्थानमा सीसी क्यामेरा जडान गरिएको छ। ‘सबै क्षेत्रमा क्यामेरा राखिएको छ’ उनले भने, ‘ट्रायलस्थलमा नै कन्ट्रोल रुम र मोबाइल एप्सबाट पनि त्यसको निगरानी गर्न थालिएको छ।’ यातायातको आफ्नै कार्यालय नभएकाले प्रदेश सरकारले संरचना निर्माणमा ध्यान दिन उनले माग गरे। कार्यालयका प्रशासन प्रमुख रेश्मीराज अधिकारीले पहिलो चरणमा झण्ढै सवा लाख रुपैयाँ लागतमा सीसी क्यामेरा जडान गरिएको जानकारी दिए। खुला क्षेत्र भएकाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.