विकास निर्माणको विषयमा मेयर र वडाअध्यक्षको रस्साकस्सी

विकास निर्माणको विषयमा मेयर र वडाअध्यक्षको रस्साकस्सी

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख र वडा अध्यक्षबीच विवाद चुलिएको छ। विकास निर्माणको विषयलाई लिएर वडा अध्यक्ष र नगरप्रमुख बीचको विवाद सतहसम्म पुगेको हो।

उपहानगरपालिका १३ का वडा अध्यक्ष डम्मरबहादुर न्यौपानेले वडाको बजेट खर्चमा नगर प्रमुखले बाधा पुर्‍याएको आरोप लगाएपछि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तल्लो स्तरको शब्द प्रयोग गर्दे प्रतिक्रिया दिएका छन्। 

वडा अध्यक्ष न्यौपानेले वडाको गौरवको योजना नगर प्रमुखले फिर्ता लिएको र अहिलेसम्म पनि योजना निर्माणमा प्रक्रिया नबढाएको आरोप लगाएका छन्। उनले वडाको बजेटबाट उपभोक्ता तथा श्रमदानसहित छुट्यायएको ३५ लाख ९४ हजार रुपैयाँका सडक योजना नगरप्रमुखकै कारण निर्माण हुन नसकेको भन्दै निर्माण प्रक्रिया बढाउन आग्रह गरेका थिए। 

‘रकम थप गर्छु भनै प्रमुखले रकम फिर्ता मागे। तर, न रकम थप गरे नत योजना पूरा गराए’, अध्यक्ष न्यौपानेले भने, ‘पटक पटक आग्रह गर्दा पनि काम भएन।’ अध्यक्ष न्यौपानेले नगर प्रमुख घनश्याम पाण्डे आफ्नो वडामा परेको वडा गौरवको योजनामा टेन्डर नै नखोलर बजेट फ्रिज गराउने रणनीतिमा रहेको आरोप लगाउदै सार्वजनिक गरेपछि अध्यक्ष मेयरसँग जुहारी चलेको हो।

आर्थिक वर्ष २०७५÷०७६ को वडाले पाउनु पर्ने नगर सभाबाट पारित ३५ लाख बजेट नपाएको र नगरको जिम्मामा रहेको योजना कार्यान्वयनमा अहिलेसम्म मेयरकै कारण नगएको अध्यक्षको आरोप छ। पि वानमा परेको योजनामा नगरले बेवास्था गरेको न्यौपानेको आरोपमा नगर प्रमुख पाण्डेले फेसबुक स्टाटस हाल्दै तुच्छ शब्द प्रयोग गरेका छन्।

त्यसपछि अन्य वडा अध्यक्ष्य चुनौती दिँदै नगर प्रमुखमाथि खनिका छन्। उता नगर प्रवक्ता र केही नगरका कर्मचारी मेयरको पक्षमा रहेर क्रियाप्रतिक्रिया दिन सुरु भएको छ।

नगर प्रमुख पाण्डेले फेसबुकमा ‘समयमै पहल नगरी असारे विकासका नाममा मुख मिठाउन नपाएकोमा र्‍याल चुहाउँदै भुक्न र त्यसमा मुख मिलाउनुको कुनै अर्थ छैन’, लेखेका छन्।

मेयरको यो स्टाटस आएपछि वडा नम्बर ५का अध्यक्षले त्यसको कडा प्रतिक्रिया दिँदै मुखमा आएको सबै कुरा नबोल्न र त्यसो हो भनेर बसेर बहस गर्न आग्रह गरेका छन्। 

वडा सदस्य सुवास डिसीले मेयरको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै माफी माग्नु पर्ने बताएका छन्।  त्यो योजनाका लागि स्टेटमेट समेत तयार भएको र बजेटको सुनिश्चत नभएका कारण योजना अघि बढाउन समस्या भएको नगर स्रोतले बताएको छ। 

यद्यपि नगर प्रमुखले वडा अध्यक्षले पहिले चासो नदिएको आरोप लगाएका थिए। नगर स्रोतका अनुसार कार्यपालिकामा समेत योजना सुनिश्तिको बहस चले पनि प्रक्रिया रोकिएको थियो। अहिले १३ जस्तै वडा नम्बर १९ को पनि गौरबको योजना अन्यौलमा परेको छ। 

उपमहानगरपालिकाले नै टेन्डर आह्वान गर्नुपर्ने नीति लिइएको भए पनि १३ नम्बर वडाको गौरबको योजनामा यो देखिएन। राप्ती राजमार्गदेखि पनालीबोटसम्म सडक कालोपत्रे तथा स्तरोन्तिको लागि छुट्याइएको ३५ लाख ९४ हजार रकम फ्रिज हुने अवस्थामा पुगेको छ।  उनले नगरप्रमुखको झुक्याउने तथा गौरवको योजना नै गायव पार्ने कार्य गर्दा दुःख लागेको बताए। उक्त योजना नगरको रातो किताबमा उल्लेख छ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले असारे विकास गर्न पक्लेका त्यसो गर्न नपाएपछि विरोध र आरोपमा उत्रिएको बताएका छन्। पाण्डेले वडाको काम वडाले नै गर्र्नु पर्ने र समयमा स्टेटमेट समेत तपार नपारेर आफूलाई आरोप लगाएको बताए। उनले अर्को वर्ष त्यो रकम त्यही योजनामा खर्च गर्ने तयारी गरिएको बताए।

तुलसीपुरमा विकास र व्यवहारको विषयलाई लिएर केही  समय पहिले पनि वडा अध्यक्ष र नगरप्रमुखबीच विवाद भएको थियो। त्यति बेला १० वडा अध्यक्षले कार्यपालिका बैठकसमेत बहिष्कार गरेका थिए। केही दिनपछि मात्रै सहमति भएपछि कार्यपालिका बैठक सञ्चालन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.