स्वर्गद्वारीको दुईसय बिघा अतिक्रमणमा

स्वर्गद्वारीको दुईसय बिघा अतिक्रमणमा

दाङ : स्वर्गद्वारी महाप्रभुले स्थापना गरेको आश्रमको दुईसय बिघा जमिन अतिक्रमणमा छ। लमही, घोराही र तुलसीपुरमा रहेको जग्गा ८ सय भन्दा बढीले कब्जा गरेको आश्रमका प्रशासकीय अधिकृत हरिप्रसाद अधिकारीले बताए। जमिन भूमाफियाको कब्जामा रहेको छ। माओवादी सशस्त्रद्वन्ददेखि नै कब्जा हुन थालेको हो। जमिन फिर्ता लिन सकिएको छैन। एकसय ५० बिघा जमिन बाटोमा छ।

७ सय बिघा जमिनमा मोही रहेको, ५० बिघा जमिन आमले प्रयोग गरेको छ। अतिक्रमणमा परेको क्षेत्रमा ठूला–ठूला घर निर्माण गरिएका छन्। उनले लमही नगरपालिकाको अर्नहवा, घोराही उपमहानगरपालिकको रामपुर र तुलसीपुर उपमहानगरपालिकाको टरिगाउँ क्षेत्र बढि अतिक्रमणमा परेको जानकारी दिए।

अतिक्रमणमा परेको स्वर्गद्वारी आश्रमको खर्बौँ मूल्य पर्ने जग्गा फर्काउने चुनौती बढिरहेको अधिकारीले बताए। स्वर्गद्वारी आश्रमको नाममा दाङमा एक हजार दुई सय बिघा जमिन छ। २०२८ सालमा मोहीलाई केही जग्गा नामसारी गरिए पनि कागजमा भने स्वर्गद्वारीको जग्गा कायमै छ। तर, व्यवहारमा भने जग्गा पूरै कब्जामा परेको छ। आश्रमको जग्गा फिर्ता हुनुपर्ने स्थानीयले माग गर्दै आएका छन्।

स्थानीय प्रशासनले अतिक्रमित जमिन खाली गराउन पहल गरे पनि फिर्ता हुन सकेको छैन। सर्वोच्च अदालतले ०६४ मा निजी गुठी भनेर आश्रमको जग्गामा मोहियानी हक नलाग्ने फैसला गरेको थियो। जग्गा भक्तजनको दानदक्षिणा संकलन गरेर किनेकोले यसलाई खण्डीकरण र हस्तान्तरण गर्न नमिल्ने अदालतको फैसलामा उल्लेख गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.