कर्णालीमा वेपत्ताको खोजी गर्न गोताखोर ल्याइदै

कर्णालीमा वेपत्ताको खोजी गर्न गोताखोर ल्याइदै

सिमकोट : हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडुबिसौनाको कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपको खोजीका लागि कुरिनटारबाट गोताखोर ल्याउन लागिएको छ। मंगलबार मध्यन्न साढे १२ बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपरान्ह १ बजेदेखि खोजिकार्य जारी राखे पनि जीप र सवार यात्रुको कुनै अत्तोपत्तो नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा कुरिनटारबाट गोताखोर ल्याउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।

जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय वासिन्दाको पहलमा वेपत्ता जीप र सवारहरुको पत्तो लाग्न नसकेपछि  गोताखोर ल्यान लागिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार वेपत्ता जीपमा सवार गाउँपालिका उपाध्यक्षसहित वेपत्ताहरुलाई जिवितै उद्धार गर्ने आशा त छैन् तर शव भएपनि कर्णालीबाट निकाल्न गोताखोर ल्याउन लागिएको हो।

नेपाली सेनासँग भएको गोताखोरले कर्णाली नदीमा बेपत्ता गाडी फेला पार्न नसकेपछि गृहमन्त्रालयसँगको समन्वयमा गोताखोर ल्याउन लागेको बताएका अधिकारी पोखरेलका अनुसार बिहानैदेखि दुर्घटनास्थलमा उद्धार टोली खटिएका छन्। 

सिकारुले गाडी चलाएका कारण दुर्घटना

भर्खरका सिकारुले जीप चलाएका कारण यांचुमा जीप दुर्घटना भएको प्रारम्भिक तत्थ्य फेला परेको छ। मंगलबार मध्यन्न दुर्घटना भएको लु १ ज ७१६६ नम्बरको जीप चालककले नचाएर सिकारुले चलाएका कारण कर्णाली नदीमा खसेको बताइएको छ।

खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीसहित अन्दाजी १६ जना सवार गाडी भर्खरका सिकारुले चलाएका कारण दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीय तुल्या कामीले बताए। कामीका अनुसार जीप चालक सिमकोट ८ याङगुका मणि शाहीले नचलाएर सँगै यात्रा गरिरहेका सिकारु चन्द्र हमालले चलाएका थिए। ड्राइभर शाही र सिकारु हमाल गाडीको एउटै सिटमा बसेका भएपनि जीप हमाले नै चलाएका थिए कामीले भने, 'हमालले जीप चलाएको मैले देखेको केही छिनमै दुर्घटना भयो।'


 
चालक शाही र सिकारु हमाल सालो भिना नाता पर्ने भएकाले चालकले सहजरुपमा जीप चलाउन दिएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्। सिकारु हमालसँगै सवार गाउँपालिका उपाध्यक्ष सिन्धु शाही हमालका सहोदर भाइ भएकाले पनि चालकले जीप चलाउन दिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। केही वर्ष अगाडि गाडी चलाउने तालिम लिएका हमालले लाइसेन्स पनि लिएका थिएनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.