कर्णाली दुर्घटना अपडेट : बेपत्ता ९ जनाको पुत्ला बनाएर दाहसंस्कार गरियो

कर्णाली दुर्घटना अपडेट : बेपत्ता ९ जनाको पुत्ला बनाएर दाहसंस्कार गरियो

सिमकोट : कर्णाली नदीमा जीप खसेर बेपत्ता भएको सातापछि बेपत्ता भएका ९ जना यात्रुको शवको पुत्ला बनाएर दाहसंस्कार गरिएको छ ।

खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही लगायत ९ जनाकाे दाहसंस्कार गरिएको हो । गत मंगलबार (असार ३ गते) खार्पुनाथ गाउँपालिकाको खार्पु दोभानबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा जीप खस्दा गाउँपालिका उपाध्यक्ष शाहीसहित ११ जना बेपत्ता भएका छन् ।

बुधबार अपरान्ह साढे १ बजेदेखि घटनास्थलमा पुगेको गोताखोरको टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि नभेटिएपछि हिन्दु धर्मसंस्कार अनुसार परिवारजनले गाउँपालिकाका स्थानीय ९ जनाको छुट्टाछुट्टै दाहसंस्कार गरेका हुन् ।

बेपत्ता जीप र लासको खोजी कार्यमा कुनै प्रगति नभएपछि आज स्थानीयको सल्लाह अनुसार बेपत्ता भएका ९ जनाकै कुशको पुत्ला बनाएर दाहसंस्कार गरिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

अध्यक्ष रावलका अनुसार बेपत्ता भएकी खार्पुनथाकी उपाध्यक्ष सिन्धु हमाल शाहीको पुत्लामा उनका पति धिरेन्द्र शाही र छोराले दागवत्ती दिए । जीप दुर्घटनामा बेपत्ता भएका मिस्त्री काठमाडौंका राजु श्रेष्ठ र एकजना नाम नखुलेका कुकको भने दाहसंस्कार गरिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.