करेन्ट लागेर सहचालकको मृत्यु
बर्दिबास : महोत्तरीको मनराशिश्वामा करेन्ट लागेर तेल ट्यांकरका सहचालकको ज्यान गएको छ। जनकपुर उपमहानगरपालिका–८ का २५ वर्षीय उमेश यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधवप्रसाद बुढाथोकीले जनाए।
ना. ७ ख ११९५ नम्बरको तेल ट्यांकरमा बीच सडकमा लत्रिएको तार बेरिएको थियो।सहचालक यादव तार छुटाउन जाँदा करेन्ट लागेर घाइते भएका थिए। उपचारको लागि जलेश्वर लाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !