कोरला नाका नजिकै ट्रक पल्टिँदा तीनजना घाइते, एक गम्भीर

कोरला नाका नजिकै ट्रक पल्टिँदा तीनजना घाइते, एक गम्भीर

जोमसोम : कोरला नाका नजिकै मालबाहक ट्रक दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। घाइतेमध्ये एकजना गम्भीर छन्।

शनिबारदेखि सुरु भएको नेपाल–चीन अन्तरदेशीय मेलाबाट सिमेन्ट लोड गरेर लोमान्थाङ फर्कँदै गरेको ग १ ख ५५६० नम्बरको मालबाहक ट्रक साँझ ५ बजे लोमान्थाङ गाउपालिका ४ स्थित नेचुङ खोलामा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीका अनुसार दुर्घटनामा लोमान्थङ गाउँपालिका ३ ठिङ्गर बस्ने ४९ वर्षीय घ्याचो गुरुङ गम्भीर घाइते भएका छन्। घाइते गुरुङको टाउको र कम्मर पछाडिको भागमा चोट लागेको रेग्मीले जानकारी दिए।

दुर्घटनामा ट्रकमा सवार तनहुँ व्यास नगरपालिका १० बस्ने वर्ष २९ का विशाल क्षेत्री र ट्रकका चालक बाग्लुङ निसी गाउँपालिका ६ का वर्ष ३५ का श्यामलाल घर्तीमगर सामान्य घाइते छन्।

दुर्घटनामा घाइते तीन जनालाई लोमान्थाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचार भैइरहेको छ। गम्भीर घाइते गुरुङलाई पोखरा लाने तयारी भइरहेको छ।

समथर भूभागको नेचुङ भन्सार नजिकै उत्तरतर्फको नेचुङ खोला नजिक ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। आजैदेखि उत्तरी कोरलाको चिनियाँ भूमिमा ब्यापार मेला सुरु भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.