उपल्लो मुस्ताङको समरभेनामा ब्लास्टिङ सुरु

उपल्लो मुस्ताङको समरभेनामा ब्लास्टिङ सुरु

जोमसोम : जोमसोमदेखि उत्तरी कोरला जोड्ने वारागुङ गाउँपालिकाको समरभेना खण्ड भीरमा शनिबारदेखि ब्लास्टिङको काम सुरु भएको छ। बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत आयोजनाले यहाँ पहिलो पटक विष्फोटक पदार्थ प्रयोग गरी ब्लास्टिङ गर्नेकार्य अघि बढाएको इन्जिनियर अश्विनीकुमार यादवले जानकारी दिए।

करिडोरले समर तथा झो खोला भीरको करिब ८ सय मिटरमा क्षेत्रफलको कडा चट्टानी पहाडमा विष्फोटक पदार्थको सहायताले नयाँ सडक ट्रयाक खोल्न लागेको हो। आयोजनाका इन्जिनियर यादवले विष्फोटक पदार्थ प्रयोग गरी करिब ४ सय मिटर क्षेत्रफलमा आशिंक ब्यास्टिङको काम भएको बताए।

समर-भेना भीर फोर्न सम्बन्धित विषयका ७ जना तालिम प्राप्त ब्लास्टर टोली उक्त स्थानमा खटिएका छन्। शनिबार गरिएको प्रारम्भिक ब्लास्टिङमा बज्रदल गण जोमसोमका ११ जना नेपाली सेनाका सुरक्षाकर्मी र छुसाङ प्रहरी चौकीले संयुक्त सुरक्षा निगरानी गरेको इन्जिनीयर यादवले जनाए।

उनले उक्त स्थानमा पनि भीर फोरेर ११ मिटर मापदण्डको योजना मुताबिक सडक फराकिलो पारिने उल्लेख गरे। मौसम , स्थानीयबासीको सहयोग र प्राविधिक समन्वय मिलेमा तिहारभित्रै सम्पूर्ण ब्लास्टिङ गर्ने काम सम्पन्न हुने इन्जिनियर यादवको भनाई छ।

जोमसोमदेखि करिब ३४ किलोमिटर उत्तरतर्फ ब्लास्टिङक्षेत्र पर्दछ। उपल्लो मुस्ताङ जोड्ने सबैभन्दा जोखिमयुक्त र असजिलो स्थान भएकाले यहाँ सडकको काम अपेक्षा गरेअनुरुप अघि बढ्न नसकेको हो।

आयोजनाले ब्लास्टिङ गरी सडक फराकिलो बनाउनुपर्ने उल्लेख गर्दै गत असोजमा गृह मन्त्रालयमा पत्रचार गरेको थियो। यसपछि गृह र रक्षा मन्त्रालयले ३ महिनाअघि ब्लास्टिङ गर्ने अनुमति दिएको थियो भने वैशाखमा नेपाली सेना बारुदखाना कार्यालयले जोमसोमस्थित बज्रदल गणको बंकरमा बारुद भण्डार गर्न अनुमति दिएको थियो।

ब्लास्टिङका लागि सबै कागजी प्रक्रिया पुर्‍याइ पनि ब्लास्टिङ गर्न सैनिक मुख्यालयको लिखत तथा मौखिक आदेश आवश्यक पर्ने आयोजनाको भनाई छ। सैनिक मुख्यालयको आदेशमा ढिलाई भइरहँदा मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचन र आयोजनाको विशेष पहलमा समर-भेना सडकखण्डमा विष्फोटक पदार्थ पड्काउन सहयोग गर्ने जोमसोमस्थित बज्रदल गणलाई जानकारी गराएपछि काम अघि बढेको निर्माण कम्पनीका साइड इन्चार्ज अनिल चिलवालले जानकारी दिए।

उक्त सडकखण्ड निर्माणको जिम्मा कन्टेक कान्छाराम कोशी एण्ड न्यौपानेले लिएको हो। यहाँ हालसम्म ३० प्रतिशत मात्र कामको प्रगति भएको आयोजनाले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.