दुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा दुईको मृत्यु

विराटनगर : मोरङका अलगअलग स्थानमा भएका दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । 

कानेपोखरी गाउँपालिका–७ छधारेमा आइतबार बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७२०४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका मोरङकै सुनवर्षी नगरपालिका–२ का ३० वर्षीय भीम मोचीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी नगरपालिका–१० लक्ष्मीमार्गमा एउटाले अर्को मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा परेर शनिबार साँझ एक जनाको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १६ प ३३३९ नम्बरको मोटरसाइकललाई सोही दिशबाट आउँदै गरेको को १७ प ६१४४ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा को १६ प ३३३९ नम्बरको मोटरसाइकल मोटरसाइकल चालक संखुवासभाको खाँदबारी नगरपालिका–१ का १८ वर्षीय मणिकुमार तामाङ र पछाडि सवार सुनसरी इटहरीका ३३ वर्षीय भोलाकुमार तामाङ घाइते भएका थिए । 

घाइते दुवै जनाको बेलबारी सामुदायिक अस्पतालमा उपचार भइरहेकोमा उपचारका क्रममा भोलामानको मृत्यु भएको प्रहरीले जनाएको छ । मणिकुमारलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.