मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

विराटनगर : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी नगरपालिका १० लक्ष्मीमार्गमा एउटाले अर्को मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिम आउँदै गरेको को १६ प ३३३९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १७ प ६१४४ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा को १६ प ३३३९ नम्बरको मोटरसाइकलका चालक संखुवासभाको खाँदबारी नगरपालिका १ का १८ वर्षीय मणिकुमार तामाङ र पछाडि सवार सुनसरी इटहरीका ३३ वर्षीय भोलाकुमार तामाङ घाइते भएका थिए। घाइते दुवै जनाको बेलबारी सामुदायिक अस्पतालमा उपचार भइरहेकोमा उपचारका क्रममा साँझ ६ बजे भोलामानको मृत्यु भएको प्रहरीले जनाएको छ।

मणिकुमारलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.