प्रचण्डको दिमाग खल्बलिने गरी विप्लवले के भनेका थिए ? (भिडियो)

प्रचण्डको दिमाग खल्बलिने गरी विप्लवले के भनेका थिए ? (भिडियो)

भरतपुर : सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द 'विप्लव' चाँडै राजनीतिक मूलधारमा आउने दाबी गरेका छन्। भरतपुर महानगरपालिकाको चौँथो नगरसभालाई सम्बोधन गर्दै प्रचण्डले 'विप्लवले बुझ्न थालेको संकेत आफूले पाएको' दाबी गरे। 

विप्लवलाई नजिकबाट चिन्नेमध्ये आफू पनि एक भएको बताउँदै प्रचण्डले भने, 'घटनाक्रमले उहाँलाई पनि नयाँ सोचतिर जान प्रेरित गरेको छ। ढिलो चाँडो आउनुहुन्छ।'  सशस्त्र आन्दोलनबाट पार नलाग्ने भए पनि लामो समयको संघर्षबाट प्राप्त शान्ति र स्थितरता बिथोलिने चिन्ता भने रहेको उनको भनाइ छ। 

नेतृत्वकर्ताको हिसाबले आफूप्रति विप्लवलाई कुनै घृणा नभएको उनको विश्वास छ। शान्तिप्रक्रियामा आएपछिको 'मार्मिक कुरा' भन्दै प्रचण्डले एउटा घटना सुनाए। 

प्रचण्डका अनुसार पार्टी एकीकृत अवस्थामै रहँदा एउटा बैठकमा विप्लवले भनेका थिए, 'कमरेड ! तपाईँले काठमाडौं त ल्याउनुभयो। तर मलाई कस्तो अनुभूति भयो भने नुवाकोटको भर्खरको तामाङ केटीलाई काठमाडौं लान्छु भनेर बम्बै लगेजस्तो भयो।' 

विप्लवले भनेको यो कुराले आफ्नो पनि दिमाग हल्लिएको प्रचण्डको भनाइ छ। 'मैले कसैलाई पनि बम्बै लगेको होइन, सबैलाई नेपालमै र काठमाडौंमै ल्याएको हो', प्रचण्डले भने, 'मैले पाएको संकेतमा उहाँले यो कुरा बुझ्न थाल्नुभएको छ। अब शान्तिपूर्ण समाधान हुन्छ।' 

फरक प्रसंगमा प्रचण्डले आफू चितवनको विविधतायुक्त समाजमा हुर्केकाले संकिर्णतामा बाँच्न नसक्ने बानीको विकास भएको बताए। चाहे विकास निर्माणको काम होस् वा अरु जुन सुकै काम वृहत समाजलाई केन्द्रमा राखेर बिनापूर्वाग्रह काम गर्नुपर्ने उनको भनाइ छ।
 
भरतपुर महानगरका प्रमुखदेखि अरु जनप्रतिनिधिले भ्रष्टाचार नहुने महानगर बनाउन सक्ने उनले बताए। भरतपुरमा दाहाल पुत्री रेणु दाहाल नगरप्रमुख छन्। 'अलिअलि गर्नुभएको छ भने पनि अब नगर्ने भनेर संकल्प गर्नुस्', उनले भने। 'म रेणुलाई राम्रोसँग चिन्छु। तपाईँ यसलाई सुशासन युक्त नगरपालिका बनाउन सक्नुहुन्छ।' 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.