सूर्यविनायक  नगरपालिकाको बजेट १ अर्ब ३० करोड

सूर्यविनायक  नगरपालिकाको बजेट १ अर्ब ३० करोड

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को लागि एक अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको पाँचौं नगरसभामा उपप्रमुख जूना बस्नेतले चालूतर्फ ११ करोड २८ लाख, सामाजिक सुरक्षातर्फ ८ करोड ९९ लाख, विषयगत शाखातर्फ ५ करोड १० लाख र ससर्त कार्यका लागि ३५ करोड ४३ लाख तथा पँुजीगततर्फ ६९ करोड २० लाख रुपैयाँ गरी कूल एक अर्ब ३० करोडको बजेट पेस गरेकी हुन् ।

उनले प्रस्तुत बजेटमा नगरपालिकाको आन्तरिक स्रोतबाट ४६ करोड ४६ लाख ७० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेकी छन् । त्यस्तै प्रदेश सरकारको समानीकरण अनुदानतर्फ एक करोड १३ लाख, प्रदेश सरकारको सशर्त अनुदानबाट १० करोड, नेपाल सरकारको समानीकरण अनुदानतर्फ २० करोड ३८ लाख र नेपाल सरकारको सशर्त अनुदानबाट २४ करोड ८३ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

नेपाल सरकार र प्रदेश सरकारको राजस्व बाँडफाँटको रकम १४ करोड १० लाख ३० हजार, सामाजिक सुरक्षा भत्ता रकम ८ करोड ९९ लाख र अन्य स्रोतबाट ४ करोड १० लाख रुपैयाँ आय हुने अनुमान गरिएको छ ।प्रस्तुत बजेट चालू आर्थिक वर्षको तुलनामा १७० प्रतिशतले बढी भएको उपप्रमुख बस्नेतले जानकारी दिए ।

सूर्यविनायक नपाले चालू वर्षको लागि ७६ करोड ४५ लाख २७ हजार रुपैयाँको  वार्षिक बजेट स्वीकृत गरेको थियो । जसमा चालू खर्चतर्फ ३९ करोड २४ लाख ४३ हजार र पूँजीगततर्फ ३७ करोड २० लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ को पेस गरिएको बजेटमा वडातहको कूल बजेट १२ करोड ७० लाखमध्ये १२ करोड पुँजीगततर्फ र विषयगत शाखा लक्षित वर्गमा प्रत्येक वडाका लागि कम्तिमा ७ लाखका दरले ७० लाखको क्षमता विकास तथा विविध आयआर्जनका कार्यक्रमको लागि प्रस्ताव गरिएको छ ।

‘पूँजीगत बजेटको ठूलो हिस्सा पूर्वाधार विकासको क्षेत्रमा विनियोजन प्रस्ताव गरिएको छ’, उपप्रमुख बस्नेतले भनिन्, ‘आर्थिक वर्ष २०७६/०७७ मा समेत चालू आर्थिक वर्षमा जस्तै नगरपालिकाको स्रोतलाई ठूला पूर्वाधार विकासमा लगानी गर्ने नीतिअनुरुप प्रत्येक वडामा कम्तिमा १ वटा १ करोड रुपैयाँभन्दा माथिको योजना पर्ने गरी ११ करोड ५० लाख रकम विनियोजन गरेको छु ।’

नगरस्तरीय विभिन्न पूर्वाधार विकास आयोजनाहरुका लागि थप १० करोड ७० लाख रकम विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको स्वीकृत बजेटअनुसार २०७६ को जेठ मसान्तसम्म चालूतर्फ २९ करोड ९१ लाख ५९ हजार ९ सय ८१ रुपैयाँ खर्च भएको उनले जानकारी दिइन् । पूँजीगततर्फ २८ करोड ३८ हजार १ सय ८० रुपैयाँ अर्थात ७६ प्रतिशत खर्च भएको उनले बताइन् ।

उनका अनुसार जेठभित्र वडास्तरीय पूँजीगत बजेटबाट जम्मा १४०, नगरस्तरीय ८ वटा ठूला पूर्वाधार, लागत साझेदारी ६०/४० का १३ वटा, अन्य ५० वटा गरी कूल जम्मा २११ वटा पूर्वाधार विकासका योजना सम्पन्न भएका छन् ।

उनका अनुसार जेठ महिनासम्म नपाले १२ करोड ८१ लाख ३ हजार ४ सय ५४ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । त्यस्तै घर जग्गा रजिस्ट्रेसन शुल्कवापत १५ करोड ४२ लाख १९ हजार २ सय ३२ रुपैयाँ संकलन भएको छ । चालू आवमा संघको राजस्व बाँडफाँटबाट ३ करोड १३ लाख ९९ हजार ५ सय ६७ रुपैयाँ, नगद लागत साझेदारीबाट एक करोड २० लाख, सामाजिक सुरक्षा भत्तावापत ६ करोड ५७ लाख ९० हजार, संघको समानीकरण अनुदानतर्फ १९ करोड ६१ हजार र प्रदेशको समानीकरण अनुदानतर्फ ९२ लाख ८२ हजार रुपैयाँ नपाले प्राप्त गरेको छ ।

त्यस्तै संघको सशर्त अनुदानवापत २१ करोड १ लाख २५ हजार, प्रदेश सरकारको सशर्त अनुदानबाट ८ करोड ११ लाख ८० हजार, सडक बोर्डबाट ३७ लाख ६२ हजार ६ सय सात, प्रधानमन्त्री रोजगार कार्यक्रमवापत ५४ लाख ८७ हजार, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट एक करोड ५ लाख र अन्य आय २ करोड ४० लाख ९४ हजार गरी जम्मा रु. ९३ करोड २० लाख ४२ हजार आठ सय ६० रुपैयाँ नगरपालिकाको सञ्चित कोषमा आम्दानी दाखिला भएको उपप्रमुख बस्नेतले जानकारी दिइन् ।

उनले जेठ मसान्तसम्म नपाले गरेको आम्दानी स्वीकृत बजेटको १२२ प्रतिशत भएको दावी गरिन् । ‘असार महिनामा थप १७ करोड ५४ लाख ३७ हजार सात सय २६ रुपैयाँ विभिन्न स्रोतबाट आम्दानी हुने अनुमान छ’, उनले भनिन्, ‘यस हिसाबले चालू आवमा नगरपालिकाको सञ्चित कोषमा एक अर्ब १० करोड ७४ लाख ८० हजार पाँच सय ८७ रुपैयाँ आय प्राप्त हुने अनुमान रहेको छ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.