तुलसीपुरको बजेट एक अर्ब ७१ करोड

तुलसीपुरको बजेट एक अर्ब ७१ करोड

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। मंगलबार भएको नगरसभाको पाँचौ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख माया शर्मा आचार्यले आर्थिक वर्ष २०७६/७७ को लागि एक अर्ब ७१ करोड ८८ लाख ६ हजार रुपैयाँ बराबरको बजेट पेश गरेकी छन्।

आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि अनुदान विषयगत तर्फ ४७ करोड, संघीय सरकारको वित्तीय समानीकरण अनुदान ३१ करोड ६२ लाख, आन्तरिक स्रोतबाट २५ करोड, राजश्व बाँडफाँटबाट २३ करोड ४५ लाख, राजश्व बाँडफाँटबाट २ करोड ७७ लाख ९९ हजार, अनुदानबाट १ करोड ६० लाख, युनिसेफबाट अनुदान ७५ लाख, प्रदेशसरकारको वित्तिय समानीकरणबाट ६६ लाख ७ हजार, अन्य अनुदानबाट ३ करोड, विभिन्न कोष, लगानी समेतमा मौज्दात १० करोड, समपुरक अनुदानमा ५ करोड र सडक बोर्डको रकम १ करोड आय अनुमान गरिएको छ।

त्यस्तै २०७६/०७७ मा प्रशासनिक खर्च अन्तर्गत २२ करोड ६१ लाख ६ हजार र लक्षित सामाजिक विकास कार्यक्रमतर्फ १२ करोडसमेत गरी चालुतर्फ ३४ करोड ६० लाख विनियोजन गरिएको छ। साथै आगामी आर्थिक वर्षमा पमहानगरपालिकाले ८ करोड ७० लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ।

घोराही उपमहानगरको बजेट पौने २ अर्ब
घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पौने २ अर्बको बजेट प्रस्तुत भएको छ। उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको पाँचौ नगरसभामा उपप्रमुख सीता सिग्देल न्यौपानेले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि १ अर्व ७८ करोड २९ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छन। 

उपमहानगरले चालु तर्फ १ अर्ब १८ करोड ९० लाख २५ हजार र पूँजीगत तर्फ ५९ करोड ३९ लाख ४१ हजार बजेट विनियोजन गरिएको छ। कुल बजेट मध्ये १ अर्ब ४६ करोड ८ लाख ८१ हजार विकास बजेटतर्फ र ३२ करोड २० लाख ८५ हजार प्रशासनिक खर्च तर्फ बिनियोजन गरिएको उपप्रमुख न्यौपानेले जानकारी दिइन्।

घोराही उपमहानगरले १९ वडालाई ९० लाख विकास बजेट र १० लाख वडा कार्यालय सञ्चालन व्यवस्थापनमा बजेट छुट्याएको छ। साथै कृषि तर्फ डेढ करोड, पशु सेवातर्फ साढे ५८ लाख, सहकारी र रोजगार तर्फ साढे ६९ लाख बजेट विनियोजन भएको छ।

त्यसैगरी, उपभोक्ता हिततर्फ साढे ३५ लाख, पर्यटन तथा संस्कृतीतर्फ ७७ लाख, शिक्षा, युवा तथा खेलकुदतर्फ ४८ करोड ७० लाख, स्वास्थ्य तर्फ ६ करोड ७ लाख, महिला, बालबालिका, अपांग, जेष्ठ नागरिक तर्फ ७६ लाख ३८ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ। 

सरसफाई तर्फ ७७ लाख २० हजार, विपद एवं वातावरणतर्फ एक करोड साढे ३४ लाख, कानुनी मामिलातर्फ १५ लाख सूचना र सञ्चारतर्फ ३५ लाख, सुशासनतर्फ साढे ५० लाख, पूर्वाधारतर्फ साढे ३१ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यसैबीच घोराही उपमहानगरपालिकालाई संघ सरकारबाट वित्तिय समानिकरण अनुदानमा ३३ करोड ९९ लाख, राजस्व वाँडफाँड २६ करोड १ लाख, शसर्त अनुदान तर्फ ५३ करोड १२ लाख रुपैयाँ प्राप्त हुने छ। 

त्यसैगरी, प्रदेश सरकारबाट वित्तिय समानिकरणको ६९ लाख ८७ हजार, राजस्व बाँडफाँडबाट ३ करोड ७६ लाख ६५ हजार, शसर्त अनुदानमा ३ करोड ६० लाख रुपैयाँ बजेट प्राप्त हुने छ। 


यसैबीच सडक बोर्डबाट २ करोड, युनिसेफबाट २० लाख, गरिव सँग बिश्वेश्वर कार्यक्रमबाट १० लाख ५० हजार, उपमहानगरको आन्तरीक आय २५ करोड र सामाजिक सुरक्षा २६ करोड प्राप्त हुने अनुमान गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.