पाँचथरमा पहिरो, दर्जनौं घरपरिवार विस्थापित

पाँचथरमा पहिरो, दर्जनौं घरपरिवार विस्थापित

फिदिम : पाँचथरको याङवरक गाँउपालिका–२स्थित फलैँचाको चिङ्मा, बेतेनी, मुक्लाबुङ र धिमालेमा पहिरो गएको छ। पहिरोका कारण दर्जनौं घरपरिवार विस्थापित भएको घटनास्थलमा खटिएका असई जिवन कार्कीले जानकारी दिए। 

अविरल बर्षाका कारण गएराति १ बजेदेखि पहिरो जान सुरु भएको थियो। स्थानीय डिल्ली ओलीका अनुसार पहिरोका कारण चिङ्माका पहलमान राईको घर पुरिएको छ। राईको घरमा भएका पशु चौपायहरु समेत पहिरोले पुरेको हो।

पहिरोका कारण तीनवटा टोलका मानिसहरु विस्थापित भएको बताइएको छ। ‘विस्तापितहरुको यकिन विवरण आउन बाँकी छ,’असई  कार्कीले भने,‘दर्जनाै‌ं घरपरिवार विस्थापित भएको अनुमान छ।’ 

घटनास्थलमा सीमा प्रहरी चौकी च्याङथापु र प्रहरी चौकी फलैँचाको प्रहरी टोली खटिएको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.