वीरगन्जका मेयरमाथि हातपातको प्रयास : एक पक्राउ

वीरगन्जका मेयरमाथि हातपातको प्रयास : एक पक्राउ

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमाथि उनकै दल समाजवादी पार्टीका कार्यकर्ताले  हातपातको प्रयास गरेका छन् । मेयर सरावगीलाई दुव्र्यवहार र हातपात गर्न खोज्ने समाजवादी पार्टीका कार्यकर्ता अजय चौरसियालाई प्रहरीले  नियन्त्रणमा लिएको छ । 

पक्राउ परेका चौरसिया महानगर ११ मा स्थानीय तहको निर्वाचनमा अध्यक्षको उम्मेदवार बनेका थिए । वीरगन्ज ११ श्रीपुरमा रहेको श्रीपुर विद्यापिठ माविमा जडान गरिएको सीसीटीभी क्यामेरा र विद्युतीय हाजिरी प्रणालीको बुधबार उद्घाटन गरेर फर्किने क्रममा विद्यालयकै गेटमा चौरसीयालगायतका कार्यकर्ताले मेयर सरावगीमाथि हातपातको प्रयास गरेका हुन् । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मेयर सरावगीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका विरोधमा भाषण गरेको भन्दै समाजवादी पार्टीका कार्यकर्ताले मेयर सरावगीलाई गाली गलौज गर्दै हातपात गर्न खोजेको प्रत्यक्षदर्शीले बताए । मुख्यमन्त्री राउत पनि समाजवादी पार्टीकै नेता हुन् । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मेयर सरावगीले प्रदेश सरकारले जथाभावी रकम खर्च गरेर बालुवामा पानी हाली रहेको भन्दै मुख्यमन्त्री राउतको चर्को आलोचना गरेका थिए । 

उनले प्रदेश वा संघीय सरकार जोसुकैले महानगरपालिका क्षेत्र भित्र काम गर्दा महानगरपालिकाको समन्वय गर्नु पर्नेमा प्रदेश सरकारले महानगरमा समन्वय नै नगरी काम गरिरहेकाले त्यसमा महानगरपालिका सहमत नभएको बताएका थिए ।
 
मेयर सरावगीले आफूसँग दुव्र्यवहार मात्रै भएको बताए पनि प्रत्यक्षदर्शीले भने चौरसीयालगायतका समाजवादी पार्टीका कार्यकर्ताले मेयर सरावगीमाथि हातपात नै गरेको बताएका छन्। वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले भने भाषणको विषयलाई लिएर चौरसीयासहितका केही व्यक्तिले विद्यालयको गेटमा मेयर सरावगीलाई गाली गलौज गर्दै हातपातको प्रयास गरेको बताए। 

मल्लका  अनुसार कार्यक्रमबाट फर्कन गाडी चढ्ने बेला समाजवादी पार्टीकै कार्यकर्ताको समूहले घेरा हालेर गाली गर्दै मेयर सरावगीलाई हातपात गर्न प्रयास गरे पनि प्रहरीले जोगाएको थियो। चौरसीयालाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ ।  

वीरगन्ज महानगरपालिका मेयर विजय सरावगीलाई हातपात गरेको आरोपमा पक्राउ परेका समाजवादी पार्टीका कार्यकर्ता अजय चौरसीया । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.