सरकारकै पैसामा प्रदेश-२ मा लोकसेवा तयारी कक्षा : मुख्यमन्त्रीले गरे उद्घाटन

सरकारकै पैसामा प्रदेश-२ मा लोकसेवा तयारी कक्षा : मुख्यमन्त्रीले गरे उद्घाटन

जनकपुरधाम : गत जेठ २१ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी भर्नाको विषयलाई लिएर लोकसेवा आयोगका आयुक्तलाई ‘बइमान र फटहा’ भन्दै सार्वजनिक कार्यक्रममा व्यक्तिगत आलोचना गरेका थिए।

 
लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि ९ हजार कर्मचारीको भर्ना प्रक्रिया थालेको प्रति मुख्यमन्त्री राउतले ठूलो आक्रोश पोखेका थिए। उनले समावेशी सिद्धान्तलाई मिचेर आयोगले प्रदेश र स्थानीय तहका कर्मचारीको भर्नाको सार्वजनिक सूचना निकालेको आरोप लगाए। तर, सोही आयोगबाट परीक्षा दिएर पास हुनका लागि प्रदेश २ सरकारले नै जनकपुरमा बुधबारदेखि तयारी कक्षा सुरु गरेको छ। 

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत प्रदेश सरकारले एक सय महिलालाई लोकसेवा परीक्षाको तयारीका लागि कक्षा सञ्चालन गरेको हो। जनकपुरको राजश्री जनक क्याम्पसमा लोकसेवा तयारी कक्षाको मुख्यमन्त्री राउतले शुभारम्भ गरेका छन्।

लोकसेवा तयारी कक्षाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सामाजिक रुपमान्तरणलाई पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेको बताए। 

उनले महिला सशक्त नभएसम्म सामाजिक रुपान्तरण सम्भव नहुने र सामाजिक रुपान्तरण नभएसम्म प्रदेश समृद्ध नहुने यथार्थलाई बुझ्दै प्रदेश सरकारले सरकारी सेवामा महिलाको पहुँचलाई सुनिश्चित गर्न लोकसेवा तयारी कक्षा संचालन गरेको बताए।  

छोरीलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा पहुँच बढाउन प्रदेश प्रहरी र निजामति सेवामा ५० प्रतिशतको आरक्षण गर्ने प्रदेश २ मुलुककै पहिलो रहेको उनको दाबी छ।
क्याम्पसका प्रमुख धमेन्द्र झाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्य सचिव दिपक सुवेदीलगायत सहभागी थिए। 

एक महिनासम्म प्रतिदिन दुई घण्टा संचालन गरिने कक्षामा चौथो र पाँचौ तहको लोकसेवा आयोगको परीक्षाको तयारी गरिने मुख्यमन्त्रीको निजी सचिवालयका कर्मचारी आतिश मिश्रले बताएका छन्। एक महिने कक्षा संचालनका लागि चार लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

कौटिल्य इन्सिट्च्युट सँगको सहकार्यमा प्रदेश सरकारले पहिलो चरण एक सय एक महिलालाई लोकसेवाको तयारी गराउन लागेको हो।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.