दुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा दुईको मृत्यु

विराटनगर : मोरङका अलगअलग स्थानमा भएका दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। पथरीशनिश्चरे नगरपालिका–९ स्थित भित्री सडकखण्डमा बिहीबार दिउँसो अटो ट्याम्पोको ठक्करले ६० वर्षीय कविचन्द्र बुढाथोकीको मृत्यु भएको हो।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ ह ३६८५ नम्बरको ट्याम्पोले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका कानेपोखरी गाउँपालिका–६ का बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले बताए। अधिकारीकाअनुसार ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा नोवेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको हो। 

त्यस्तै मोरङको बेलबारी नगरपालिका–९ नलबारीस्थित भित्री सडकखण्डमा दुई दिनअघिको दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ११ प ६६८५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको को २८ प ५३४० नम्बरको स्कुटी मंगलबार एकआपसमा ठोक्किँदा दुवै सवारी साधनका चालक घाइते भएका थिए। 

घाइतेमध्ये बेलबारी–७ घर भएका मोटरसाइकल चालक ४५ वर्षीय रामचन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। उपचारका क्रममा न्युरो अस्पतालमा चौधरीको मृत्यु भएको हो। स्कुटर चालक बेलबारी–११ का १८ वर्षीय फूर्वा गुरुङको न्युरो अस्पतालमै उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ। प्रहरीले दुवै घटनाको अनुसन्धान भइरहेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.