शान्ताको इच्छा कानुन पढ्ने

शान्ताको इच्छा कानुन पढ्ने

दाङ : प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले कानुन विषयमा उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन्। एसइईमा २.६५ जीपीए ल्याएकी उनले भनिन्, ‘मेरो योजना ल (कानुन) पढ्ने हो। राजनीति गरेर कानुन बनाउने ठाउँमा पुगेका मान्छेलाई कानुनसम्बन्धी जानकारी र अध्ययन अनिवार्य रहेछ।’ त्यही भएर आफूले कानुन पढ्ने सोच बनाएको उनले बताइन्। ‘मेरो योजना पीएचडीसम्म गर्ने हो। पढाइलाई निरन्तरता दिन्छु।’ उनले कक्षा ११ दाङ या काठमाडौंमा पढ्ने निश्चित नभएको बताइन्।

१८ वर्ष कमलहरी बस्दा पढ्न नपाएकी शान्ताले यसपटक तुलसीपुरस्थित सेन्टर माविबाट परीक्षा दिएकी थिइन्। नेकपा सचेतक चौधरीले ३८ वर्षको उमेरमा एसईई दिएको बताइन्। दाङको घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर निवासी चौधरीले भनिन्, ‘मेरो पढाइले अरूलाई पनि प्रेरणा मिल्नेछ।’

शान्ताले गाउँकै गोग्ली माविमा दुई वर्षअघि कक्षा ८ मा अध्ययन थालेकी हुन्। उनले एसईई भने तुलसीपुर–१२ स्थित महेन्द्र माविबाट खुलातर्फबाट दिएकी हुन्। सांसद शान्ता र उनकी १७ वर्षीया छोरी विनु चौधरीले एकैसाथ एसईई दिएका थिए। विनुले काठमाडौं आरुबारीस्थित सिर्जनालय बोर्डिङबाट परीक्षा दिएकी थिइन्। छोरा अनिल कक्षा १२ मा अध्यनरत छन्।

सदनमा समेत साथीहरूले औंठाछाप भनेर अपहेलना गर्न थालेपछि आफूले पढ्न थालेको शान्ताले बताइन्। उनले भनिन्, ‘मैले उहाँहरुकै अघि औंठा छापबाट एसईई पास गरेकी हुँ। पढाइलाई निरन्तरता दिन्छु।’ कमलरी आन्दोलनमार्फत २०६४ सालमा सांसद बनेकी शान्ताले संसदमा औंठाछाप र नपढेकाहरू भनेर खिसिट्यिुरी गर्नेदेखि आफू दुःखी भएको बताइन्।

प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईमा बी ग्रेडसहित २.६५ जीपीए ल्याएकी शान्ता चौधरीलाई बधाई दिएका छन्। पोखराबाट काठमाडौं आउँदै गरेकी शान्तालाई फोन गरेर ओलीले बधाई दिएका हुन्। ‘प्रधानमन्त्रीले फोन गरेर बधाई दिनुभएको छ’, उनले भनिन्, ‘उहाँको फोनले ऊर्जा थपेको छ।’ प्रधानमन्त्रीलाई उधृत गर्दै शान्ताले भनिन्, ‘धेरै खुसी लागेको छ। तपाईंलाई बधाई छ। अझै प्रगति गर्नुहोस्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.