७० हजार गाँजाका बोट काटियो
नुवाकोट : प्रहरीले ककनी र म्यागङमा ठूलो मात्रामा गाँजाको बोट नष्ट गरिएको छ। सदरमुकाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिकाको १,२, ३, ४, ५ र ६ नं. वडामा रहेका हजारौं रोपनी क्षेत्रफलमा फैलिएको ७० हजार वोट गाँजा र भाङको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
ककनी प्रहरी चौकीका प्रहरी नायय निरीक्षक यमप्रसाद लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजा र भाङको बोट नष्ट गरेको जानकारी दिए।
ककनी गाउँपालिकाअन्तर्गत रहेका सार्वजनिक बाटो वनजंगल तथा व्यक्तिको जमिन, घरकरेसा, गोठ आसापासमा त्यसलाई संरक्षण गरी राखिएको गाँजा र भाङको विरुवा नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए।
नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङ गापा वडा नं २ बुङ्ताङका विभिन्न स्थानमा अवैैध रुपमा उम्रेको चारसय थान गाँजाको बोट स्थानीयवासी तथा सरोकारवालाको रोहवरमा नष्ट गरिएको छ। गतवर्ष पनि प्रहरीले नुवाकोटको विभिन्न स्थानमा ठूलो परिणममा गाँजाका बोट नष्ट गरेको थियो।
प्रतिक्रिया दिनुहोस !