सुदूरपश्चिममा बजेटमा विवाद : बहुमतले पेल्ने तयारीमा सत्तापक्ष

सुदूरपश्चिममा बजेटमा विवाद : बहुमतले पेल्ने तयारीमा सत्तापक्ष

धनगढी  : बजेट प्रस्तुत भएको १३ दिन बितिसक्दा पनि सुदूरपश्चिम प्रदेशमा बजेट पारितका लागि सहमति जुट्न सकेको छैन। सत्तापक्ष र प्रतिपक्षको जुहारीका कारण प्रदेश सरकारले ल्याएको बजेट प्रदेशसभाले पास गर्न नसकेको हो। बजेट प्रस्तुत गरेकै दिन प्रदेशसभाको गेटमा ‘रातो किताब’ जलाएर प्रतिपक्षी कांग्रेसले बजेटको विरोध गरेको थियो। 

प्रदेशसभाको बजेट ‘समानुपातिक वितरण’ भन्दै त्यसमा संशोधन नहुने सत्तापक्षको अडान छ भने प्रतिपक्षले कार्यकर्ता पोस्ने बजेट भन्दै गलफती गरिरहेको छ। सत्तापक्ष र प्रतिपक्षको जुहारीका कारण १३ दिनदेखि संसद अवरुद्ध छ। 

सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते २८ अर्ब १६ करोड २० लाख २५ हजारको बजेट ल्याएको थियो। बजेटप्रति प्रतिपक्षी दलको विरोधका कारण १३ दिनसम्म सदन चल्न सकेको छैन। बजेट प्रस्तुत भएयता बजेटमाथिकै छलफलका लागि दुईपटक बोलाइएको प्रदेशसभाको बैठक, प्रतिपक्षको विरोधका कारण केहीबेरमै स्थगित हुने गरेको छ।

असार १५ गते आइतबार (भोलि)का लागि प्रदेशसभा बैठक बोलाइएको छ। तर  प्रतिपक्षी दल कांग्रेस र राजपाले उक्त बैठक पनि अवरोध गर्ने संकेत देखाएको छ। 
‘बजेट कार्यकर्ता पोस्ने आयो, सरकारले डल्लो बजेट ल्याएको छ, प्रदेश गौरवका योजनाहरुका बारेमा कुनै सम्बोधन छैन, सांसदलाई समानुपातिक वितरण पनि भएको छैन’, प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्य कर्ण मल्लले भने।

बजेट आएपछि प्रमुख प्रतिपक्षी दलको माग सम्बोधन गर्न सत्तापक्ष तीनपटक बैठक बस्यो। असार ९ गते प्रतिपक्षी दलकातर्फबाट प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल, टेकबहादुर रैका र राजपाका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीसहितको बैठकमा पनि दवबैपक्षबीच जुहारी मात्र चल्यो। 

असार ११ र १२ गते भएको सत्तापक्ष र प्रतिपक्षको बैठकमा पनि कुनै निर्णय नआएपछि आइतबारको संसद चल्न नदिने प्रतिपक्षले अडान लिएको छ। ‘सत्तापक्षले दुई बैठकमा लचकता देखाए पनि असार १२ गतेको बैठकमा फेरि पुरानै कुरा दोहोर्‍याएपछि सहमति हुन सकेन’, मल्लले भने। 

तर सत्तापक्षले भने कांग्रेसले अलोकतान्त्रिक अभ्यास गरिरहेको जनाएको छ। ‘बजेट प्रस्तुत भएकै दिन, अध्ययन नगरिकनै प्रदेशसभाको गेटमा रातो किताब  जलाइनु भनेको अलोकतान्त्रिक पद्धति हैन ?’, सत्ता पक्षका सांसद लीलाधर भट्टले भने।

विरोधकै बीच बजेट पास गर्न निर्देशन
प्रदेशसभामा दुई तिहाई रहेको नेकपाको प्रदेश कमिटीले भने प्रतिपक्षले आलोकतान्त्रिक क्रियाकलाप देखाइरहेको भन्दै बजेट पारित गर्न निर्देशन दिएको छ। कांग्रेसले विरोध गरे पनि बजेट पास गर्न नेकपा प्रदेश संसदीय दललाई निर्देशन दिएको हो। 

शुक्रबार बसेको संसदीय दलको बैठकमा सहभागी नेकपाका स्थायीसमिति सदस्य लेखराज भट्टले प्रमुख प्रतिपक्षी दलसँग प्रर्याप्त छलफल भएको तर उसले गलफती गरिरहेका कारण बजेट पास गर्न निर्देशन दिइएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.