सभापति सुध्रिए नेता सुधिन्छन् : सिटौला

सभापति सुध्रिए नेता सुधिन्छन् : सिटौला

काठमाडौं : कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सभापति सुध्रिएमात्र पदाधिकारी र नेता सुध्रिने बताएका छन्। आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाबाट सुधारको सुरुवात गर्नुपर्ने बताए। 

‘शासक सुध्रिएपछि अरू सुध्रिन्छन्। सभापति सुध्रिएपछि पदाधिकारी सुध्रिन्छन्’, उनले भने, ‘पदाधिकारी सुध्रिए नेता र नेता सुध्रिए सबै कार्यकर्ता सुध्रिन्छन्।’
पार्टी नेतृत्वले संवेदनशील ढंगले सोचे मात्रै पार्टी बलियो हुने उनको भनाइ छ। ‘लोकतन्त्र शासकका लागि अप्ठ्यारो व्यवस्था हो’, उनले भने, ‘यसमा नेतृत्वले जे भन्यो त्यो जनताले मान्नुपर्छ भन्ने छैन। गुठी विधेयकमा देखियो नि !’

उनले पार्टीलाई सुधार्न नेतृत्वले विगतका गल्ती सुधार्नुपर्ने बताए। उनले सभापतिलाई महाधिवेशनको तयारी गर्न आग्रह गरे। ‘कि महाधिवेशनको मिति तोकेर जानुपर्‍यो कि संघीय संरचनाअनुसार पार्टी संगठनलाई सुधार गर्नुपर्‍यो’, उनले भने। 

सभापतिले पार्टी नेतालाई उचित जिम्मेवारी दिन नसकेको आरोप उनको छ्। उचित जिम्मेवारी दिन नसक्दा नै पार्टी चलायमान हुन नसकेको उनको बुझाइ छ।‘पार्टीभित्र न्यायोजित र उचित जिम्मेवारी छैन। समानताको आधारमा जिम्मेवारी बाँडफाँड हुनुपर्छ ’, पत्रकारसँग सिटौलाले भने, ‘यसले पार्टीलाई गतिशील बनाउन समस्या भएको छ।’

शासक सुध्रिएपछि अरू सुध्रिन्छन्। सभापति सुध्रिएपछि पदाधिकारी सुध्रिन्छन्। पदाधिकारी सुध्रिए नेता र नेता सुध्रिए सबै कार्यकर्ता सुध्रिन्छन्।

सिटौलाले विवेक नपुर्‍याई पार्टी सञ्चालन गर्दा पार्टी कमजोर हुने भन्दै सचेत गराए। उनले नेतृत्वले विधान मिचेर पार्टी सञ्चालन गर्न नहुने तर्क गरे। संघीय संरचनाअनुसार पार्टीको संरचना नहुँदा समस्या भएको बताए। ‘हामीलाई मुख्य समस्या संगठन नहुँदा भएको हो। अहिले कांग्रेस संगठनविहीन छ। जिल्ला र केन्द्रमा मात्रै पार्टी छ अरू ठाउँमा पार्टीको संरचना छैन’, उनले भने, ‘नेविसंघ छैन, तरुण दल चार सदस्यमा सीमित छ, महिला संघले काम गर्न सकेको छैन। यस्तो अवस्थमामा पार्टीलाई राख्न हुँदैन।’

उनले आगामी महाधिवेशनसम्मका लागि संक्रमणकालीन व्यवस्थाको प्रयोग गरेर संघीय संचरनाअनुसार पार्टी संरचना बनाउनुपर्ने बताए। ‘यो तदर्थ समिति होइन। अधिवेशन गर्नुपर्छ। निर्वाचन नै गर्नुपर्छ’, उनले भने, ‘यो क्रममा कहीँ सहमति पनि हुन सक्छ। तर टीका लगाएर समिति बनाउन हुँदैन। संगठन भनेको पार्टी हो त्यसकारण संगठन बलियो नबनाए पार्टी बलियो बन्दैन।’

नेता सिटौलाले पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढीकरण गर्नुपर्ने बताए। ‘हाम्रो आन्तरिक लोकतन्त्र कमजोर भयो त्यसैले पार्टी कमजोर भयो’, उनले भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन विधानलाई अक्षरसः पालना गर्नुपर्छ। हामीले विधान मिच्यौं भने संविधान मिच्ने सरकारलाई के भन्ने ?’ कांग्रेस आन्तरिक र बाहिरी लोकतन्त्रमा उदाहरणीय बन्नुपर्ने उनको भनाइ छ। 

‘आन्तरिक लोकतन्त्रमा विधानबाट समस्याको समाधान खोजिनुपर्छ’, उनले भने, ‘विधानबाट चल्ने हो भने अधिकांश समस्याको सामाधान हुन्छ। नेतृत्वको विकास पनि हुन्छ।’ 

‘व्यवस्थामाथि खतरा’ 
 पूर्वमहामन्त्री सिटौलाले लामो समयको संघर्षपछि आएको परिवर्तनमाथि पनि खतरा रहेको बताए। सरकारको केन्द्रिकृत मानसिकताका कारण व्यवस्थामाथि खतरा रहेको उनको बुझाइ छ। ‘जनताले अहिले स्थानीय र प्रदेश सरकार नभए हुन्थ्यो भन्न थालिसके। संघीयता दिनप्रतिनिधि कमजोर हुँदै खारेजीको बाटोतर्फ जाने खतरा बढेको छ’, सिटौलाले भने, ‘यो विषयमा सरकार र प्रमुख प्रतिपक्षी दल पनि सचेत हुनुपर्छ। जनताको गुनासो बढ्दै जाँदा व्यवस्था कसरी बलियो हुन्छ ?’

प्रदेश सरकारले संघीयताको मर्मअनुसार काम गर्न सकेका छैनन् । यसमा प्रतिपक्षीका सांसदले पनि भूमिका खेल्न सकेनन्। केन्द्रको हस्तक्षेप छ भने पार्टीको सरकार भए पनि मुख्यमन्त्री बोल्नुपर्‍यो। नभए जनतामा निरासा ल्याउने अधिकार छैन।

संघीयताको मर्मअनुसार काम गर्न प्रतिपक्षीको दबाब आवश्यक रहेको बताए। उनले सातवटै प्रदेशसभामा प्रतिपक्षीको रूपमा रहेको कांग्रेसले दह्रो भूमिका खेल्नुपर्ने धारणा राखे। ‘प्रदेश सरकारले संघीयताको मर्मअनुसार काम गर्न सकेका छैनन्’, उनले भने, ‘यसमा प्रतिपक्षीका सांसदले पनि भूमिका खेल्न सकेनन्। केन्द्रको हस्तक्षेप छ भने पार्टीको सरकार भए पनि मुख्यमन्त्री बोल्नुपर्‍यो। नभए जनतामा निरासा ल्याउने अधिकार छैन।’

तेता सिटौलाले स्थानीय तहमा पनि सत्तापक्ष र प्रतिपक्षको लडाईँ गरेर विकास निर्माणका काम प्रभावित बनाएको दाबी गरे। ‘स्थानीय सरकारमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन’, उनले भने, ‘सत्तापक्ष र प्रतिपक्षको व्यवहार गरेर एक अर्ब खर्चन सक्ने स्थानीय तहले सोचेअनुरूपको विकासका योजना ल्याउन सकेन।’
केपी ओली नेतृत्वको सरकारको अहिलेसम्मको कार्याकाल सन्तोषजनक हुननसकेको सिटौलाको टिप्पणी छ। ‘बिहानीले दिनको संकेत गर्छ भने जस्तै यो सरकारको सुरुवाती राम्रो भएन’, उनले भने, ‘देश कमजोर भयो भने दुनियाँले खेल्ने मौका पाउँछ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.