परराष्ट्रमन्त्री खनाल र बेलायती अधिकारीहरूबीच भर्चुअल वार्ता

परराष्ट्रमन्त्री खनाल र बेलायती अधिकारीहरूबीच भर्चुअल वार्ता
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले बेलायती गोर्खा सैनिकका समस्या समाधान गर्न बेलायत सरकारसँग आग्रह गरेका छन्।

सोमबार बेलायतका रक्षा सचिव जोन हिली तथा भेटरान्स तथा पिपुल्ससम्बन्धी रक्षा राज्यमन्त्री लुइस सान्धर जोन्ससँग भएको भर्चुअल बैठकमा मन्त्री खनालले बेलायती गोर्खाहरूले नेपाल-बेलायत सम्बन्धलाई सुदृढ बनाउन पुर्‍याएको योगदानको चर्चा गर्दै उनीहरूको न्यायोचित मागलाई छिटो सम्बोधन गर्नुपर्ने बताए।

उनले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट बेलायत सरकारले गोर्खा सैनिकका बाँकी रहेका समस्याको पारस्परिक रूपमा स्वीकार्य समाधान खोज्नुपर्नेमा जोड दिए।

बैठकमा रक्षा सचिव जोन हिलीका तर्फबाट सहभागी भएकी राज्यमन्त्री लुइस सान्धर जोन्सले बेलायती गोर्खा भूतपूर्व सैनिकका समस्याको समाधानका लागि नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्न बेलायत सरकार प्रतिबद्ध रहेको बताइन्।

बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राईसहित परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो। बेलायती पक्षबाट सांसद एलेक्स बेकर, नेपालसम्बन्धी सर्वदलीय संसदीय समूह (एपीपीजी) का अध्यक्ष तथा बेलायतको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी थिए। साथै, बेलायतस्थित विभिन्न गोर्खा संगठनका प्रतिनिधिहरू पनि बैठकमा सहभागी भएका थिए।

यसअघि सोमबार नै मन्त्री खनालले बेलायतमा रहेका बेलायती गोर्खा भूतपूर्व सैनिकका प्रतिनिधिहरूसँग पनि भर्चुअल अन्तरक्रिया गरेका थिए। लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत (चार्जे डी'अफेयर्स) विपिन दुवाडीले बैठकको समन्वय तथा सहजीकरण गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.