बालुवाको ढिस्कोमा पुरिएर एकको मृत्यु, तीनजना घाइते
बझाङ : बित्थड चिर गाउँपालिका–५ ओसैलमा बालुवा खानी भत्केर एक महिलाको मृत्यु भएको छ। सोमबार भएको उक्त घटनामा तीन जना घाइते भएका छन्।
घटनामा परी ओसैलमै घर भएकी ३५ वर्षे चाखुडी महर मृत्यु भएको छ। घटनामा सोही गाउँका गम्भा महर, कुटुरी महर र हरिभान महर घाइते भएको बित्थड प्रहरी चौकीका साहायक निरिक्षक धनन्जय जोशीले जानकारी दिए।
स्वास्थ्य चौकीको निर्माणाधीन भवनको लागि काम गरिहेको उनीहरु बालुवा निकाल्न लागिरहेको बेला माथिबाट खसेको ढिस्कोले पुरिएका थिए। घटना भएको स्थानीयले देखेपछि हतारमा तीन जनालाई बालुवाको ढिस्कोबाट निकालेर उद्दार गरेका थिए।
प्रतिक्रिया दिनुहोस !