किसानलाई कृषि उपकरण वितरण

किसानलाई कृषि उपकरण वितरण

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकाले कृषकलाई आधुनिक प्रविधिका कृषि यान्त्रिकरण वितरण गरेको छ। खेतीमा प्रविधि र यान्त्रिकीकरण गर्दै राष्ट्रिय समृद्धि हाँसिलका लागि उत्पादनमा बृद्धि गर्न वितरण गरेको हो।

गाउँपालिकाले चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत ७ वटै वडाका कृषकलाई जोत्नेदेखि धान रोप्नेसम्मका उपकरण उपलब्ध गराएको हो।

गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७ का कृषकलाई वडा कार्यालयको सिफारिसमा खेत जोत्ने हाते ट्याक्टर, मिनी टेलर तथा धान रोप्ने आधुनिक प्रविधिको मेसिन प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए।

गाउँपालिकाको वडा नम्बर चारका कृषकलाई डिप बोरिङ, मोटर लगायतका सामग्री प्रदान गरिएको छ। ६ वडाका कृषकलाई खेत जोत्ने, धान रोप्ने, झार गोड्ने, प्लाष्टिक पोखरी, थोपा सिँचाइ, मल्चिङ प्लाष्टिक, विक एग्रोनेट, किरा नियन्त्रण गर्ने प्रविधि उपलब्ध गराइएको छ।

मरिण गाउँपालिकाको ७० प्रतिशत क्षेत्रमा धान बाली लगाइन्छ।धान झार्ने क्याडल थ्रेसर ५ वटा, ८ वटा टेलर र २ वटा पावर टेलर समेत किसानलाई दिइएको गाउँपालिकाकी कृषि विकास शाखाकी प्राविधिक सविता थापाले जानकारी दिईन्। यस्ता सामाग्री गाउँपालिकाको ७० प्रतिशत अनुदान र किसानको ३० प्रतिशत लगानीमा वितरण गरिएको हो।

मरिण गाउँपालिका ५ का किसान बुद्धसिंह गोलेले हाते ट्याक्टर पाएपछि खेत जोत्ने गोरु र हलीको चिन्ता हटेको बताए। २ विगाह क्षेत्रफलमा धानमात्र लगाउँदै आएका किसान गोलेले हाते ट्याक्टर गाउँपालिकाबाट पाएपछि गोरु र हलिको पैसा बचत हुनुका साथै समयको पनि बचत भएको बताए।

मरिण गाउँपालिका १ का कृष्ण राना पनि प्रविधिका कारण निक्कै खुसी छन्। रानाले पम्प सेट र रकेट मोटरबाट मरिण खोलाको पानी तानेर रोपाई गरेका छन्। ‘प्रविधि भएपछि अकासको पानि र अरुको भर परेर बस्नु पर्ने रहेनछ’, उनले भने। गाउँपालिकाले झार मार्ने, किरा नियन्त्रण, गर्मी कम गराउने लगायतका प्रविधि र सामग्री पनि किसानलाई प्रदान गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.