मन्त्रीमण्डल फेरिने कुरा बेकारको हल्ला मात्रै : मन्त्री खनाल

मन्त्रीमण्डल फेरिने कुरा बेकारको हल्ला मात्रै : मन्त्री खनाल

रुपन्देही : कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले मन्त्रीमण्डल फेरिने कुरा बेकारको हल्ला मात्र भएको बताएका छन्। उनले प्रधानमन्त्रीबाट पनि यो कुरा बाहिर आएकाले मन्त्रीमण्डल फेरबदल नहुने उल्लेख गरे।

बुटवलमा मंगलबार पत्रकारसँग बोल्दै मन्त्री खनालले मन्त्रीमण्डल फेरिए पनि सहज रुपमा लिने बताए। 'यो यति सहज रुपमा लिने कुरा हो प्रधानमन्त्रीले चाहेमा जतिबेला पनि फेर्न सक्नुहुन्छ,' उनले भने, 'काम जति राम्रो गरेपनि सधैंभरी बसिरहने भन्ने हुँदैन।प्रधानमन्त्रीले जतिबेला हटाइ दिएपनि हामीलाई टेन्सन हुँदैन।'

मन्त्री खनालले पार्टीका २ अध्यक्ष बीच प्रधानमन्त्रीमा पनि आलोपालो भएको भन्दै त्यसबारे चर्चा गर्ने बेला अझैं नआइसकेको उनले बताए। 'एकता पनि गरौं सरकारको बारेमा आलोपालो गर्ने कुरा पनि सोंचौ भनेर त्यतीबेला भएको कुरा हो,' उनले भने, 'तर त्यो अहिले बेला भएको छैन।अढाइ वर्ष आएकै छैन।'

खनालले पार्टीभित्र छिटो भन्दा छिटो अन्तरविरोध मिलाउने प्रयास भएको जानकारी दिए। महाधिवेसन अघिसम्म जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनबाद दुबैलाई परिमार्जन गरेर अघि बढ्नुपर्ने बताए।'एकले अर्कालाई निषेध नगरी परिमार्जन गरेर महाधिवेसनसम्म जनताको जनवादलाई अगाडी बढाऊँ भन्ने मोटामोटी समझदारी भएको छ,' उनले भने।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.