मस्जिदमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

मस्जिदमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

विराटनगर : मस्जिदको सेफ्टी ट्यांकीमा निसास्सिएर मृत्यु भएका चारजनाको परिवारलाई मोरङको सुनवर्षी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।

सुनवर्षी–९ मुस्लिम बस्तीस्थित मर्कज मस्जिदको सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न एकपछि अर्को गर्दै भित्र छिरेका चारजनाको गत शनिबार मृत्यु भएको थियो । मृत्यु भएकाको परिवारलाई नगरपालिकाले राहत स्वरुप जनही ५०÷५० हजार रुपैयाँ सहयोग गर्ने भएको हो ।

मेयर कालिप्रसाद दासका अनुसार राहत रकम दिने निर्णय कार्यपालिकाको बैठकले गरेको हो । ‘काजक्रिया खर्च वापत अहिले सबै गरेर २ लाख रुपैयाँ दिने निर्णय भएको छ,’ उनले भने, ‘बाँकी सहयोगका विषयमा आवश्यक छलफलपछि निर्णय लिइने छ ।’

चारजनाको मृत्यु भएपछि गत आइतबार नगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक विदा दिएको थियो । मृत्यु हुनेमा मुस्लिम बस्तीका २० वर्षीय मोहम्मद फिरोज आलम, २५ वर्षीय सहनवाद आलम, २२ वर्षीय ओसिव आलम र ४५ वर्षीय कपिल आलम रहेका छन् । मृत्यु हुने मध्ये सहनवाद र कपिल बाबु छोरा हुन् ।

एक महिना अघि चारैतिर बन्द गरेर हावा पास हुन नसक्ने गरी मस्जिदको १२ फिट गहिरो ट्यांकीको ढलाई गरिएको थियो । त्यही ढलाईको सेट्रिङ खोल्नका लागि एकपछि अर्को गर्दै गएकाहरुको निसास्सिएर मृत्यु भएको हो । मानव स्वास्थ्यका लागि हानिकारक ग्यास लामो समयदेखि बन्द रहेको सेफ्टी ट्यांकी भित्र जम्मा भएर रहेको र एक्कासि खोलेर भित्र छिर्दा त्यसको असर एवं अक्सिजनको अभावले बेहोस भएर चारै जनाको मृत्यु भएको चिकित्सकले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.