किर्ते जालसाजीमा फरार महन्थलाई १२ वर्ष कैद

किर्ते जालसाजीमा फरार महन्थलाई १२ वर्ष कैद

जनकपुरधाम : किर्ते जालसाजी गरेर जनकपुरधामस्थित रत्नसागर मन्दिरको जग्गा बेचबिखन गरेको आरोपमा फरार रहेका रत्नसागर मठका महन्थ बैकुण्ठ दासलाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखा अधिकृत लाल झाको कर्तव्य गरी हत्या गरेको अभियोगमा मुख्य आरोपित रत्नसागर मठका महन्थ बैकुण्ठ दासलाई उच्च अदालत जनकपुरले १२ वर्षको सजाय सुनाएको हो ।

उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश हरिकुमार पोखरेल र न्यायाधीश बालकृष्ण उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई पल्टाउँदै महन्त दासलाई १२ वर्षको जेल सजाय सुनाएको उच्च अदालतका श्रेस्तेदार बेदप्रसाद उप्रेतीले जानकारी दिए । जनकपुरको रामानन्द चोकबाट जलेश्वर अफिस हिँडेका झाको २०६७ कार्तिक ११ गते भूमिगत समूह परिचालन गरेर हत्या गर्ने कार्यमा समेत संलग्न रहेको आरोप लागेका महन्थ दासपछि अदालतबाट धरौटीमा रिहा भएका थिए ।

यसअघि जिल्ला अदालत धनुषाले घटनामा संलग्न भनिएका शिवकुमार ठाकुर, सुनिल कुमार अधिकारी र राकेश पाण्डेलाई जन्मकैदको फैसला सुनाएको थियो । सोही घटनामा मुख्य आरोपित महन्थ दासलाई भने सफाइ दिएको थियो । सोही मुद्दामा जिल्ला अदालतको सजायलाई उल्टाउँदै उच्च अदालत जनकपुरले महन्थलाई १२ वर्ष कैद तथा अन्य आरोपि शिवकुमार, सुनिल र राकेशको हकमा भने जिल्ला अदालतको फैसलालाई सदर गरेको हो ।

यसअघि जनकपुरधामको संस्कृत विद्यालय अन्तर्गत हजारी जनक विद्यापिठ भोग चलनमा गुठी नाममा रहेको जग्गा किर्ते जालसाजी गरेर जग्गा धनी दर्ता श्रेस्ता बनाई बेचेको आरोपमा रत्नसागर मन्दिरका महन्थ बैकुण्ठ दास पक्राउ परेका थिए । यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषामा भारतीय नागरिक बैकुण्ठ दासले नक्कली नागरिकता बनाएको समेत उजुरी परेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.