प्रतीक्षालयमा शव भेटियो
विराटनगर : मोरङको उर्लाबारी नगरपालिका-३ सुनझोडास्थित सार्वजनिक प्रतीक्षालयमा एक पुरुषको शव फेला परेको छ। अन्दाजी ४०-४५ वर्षको जस्तो देखिने पुरुषको शव बिहीबार बिहान फेला परेको हो।
स्थानीयका अनुसार केही समयदेखि सुनझोडा क्षेत्रमा मागी खाने ती पुरुष बुधबार राति प्रतीक्षालयमा सुतेका थिए। बिहान मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले मृत फेला परेका पुरुषको पहिचान नखुलेको जनाएको छ ।शव पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !
४