इजरायल पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ : भान्जादेखि भतिजासम्म पीडित

इजरायल पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ : भान्जादेखि भतिजासम्म पीडित

विराटनगर : मोरङको लेटाङ नगरपालिका–५ का ५० वर्षीय कुलबहादुर लिम्बूले वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ ।

सिन्धुपाल्चोकका ज्ञानबहादुर तामाङसँगको मिलेमतोमा आफन्त र छिमेकीसँग १९ लाख ८० हजार रुपैयाँ ठगी गरेको खुलासा भएको हो । पीडितहरुले भने लिम्बूले आफूहरुलाई नै धम्की दिने गरेको गुनासो गरेका छन् ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका अनुसार कुलबहादुरले युवा, युवती गरेर १४ जनासँग प्रति व्यक्ति १ लाखदेखि २ लाख ८० हजार रुपैयाँसम्म ठगी गरेको पुष्टि भएको छ । ठगीमा पर्नेमा उनका भतिजा, भान्जादेखि छिमेकीसम्म छन् । सबैजना लेटाङकै हुन् । ठगिनेमा लेटाङ–३ का हर्कबहादुर लिम्बू, लेटाङ–५ का खड्गबहादुर सुब्बा, रामबहादुर मगर, गोपाल चेम्जोङ, सजेन्द्र बोहरा, दुर्गा बोहरा, कृष्णबहादुर मगर, प्रदीप लिम्बू, जीतबहादुर राई, लेटाङ–६ का गंगाराम थापा, लेटाङ–८ की सपना राई, लेटाङ–९ का रुद्र लिम्बू, धनबहादुर लिम्बू र सुमन लिम्बू छन् ।

नातामा हर्क बहादुर, खड्गबहादुर र प्रदीप भतिजा एवं रुद्रबहादुर भान्जा हुन् । कुलबहादुरले २०७५ साल असार मसान्तसम्ममा सबै जनालाई पर्यटक भीसामा इजरायल पठाइसक्ने र पठाउन नसके तत्कालै पैसा फिर्ता दिने भनेर कागज पनि गरेका छन् ।

पुरुष तथा महिलालाई जान सहज हुने विमानस्थल प्रयोग गरेर इजरायल पुगेपछि श्रम गर्न पाउने वर्क परमिट भीसाको व्यवस्था मिलाइदिने कागजमा उल्लेख छ । इजरायल पुगेपछि कुलबहादुरलाई प्रति व्यक्ति ८ लाख रुपैयाँ बुझाउनु पर्ने भनेर गरिएको कागजमा पीडित युवा, युवती तथा कुलबहादुुरको हस्ताक्षर र औंठा छाप छ । सबै कागज अन्नपूर्णसँग सुरक्षित छन् ।
 
काठमाडौंमा बस्दैआएका कुलबहादुरको टोखा नगरपालिका–८ गौरी गाउँमा गाई पालन तथा सुब्बा अर्गानिक तरकारी फार्म रहेको पनि बुझिएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलका अनुसार अर्गानिक तरकारी र दुध उत्पादन गर्ने व्यक्तिको रुपमा चिनिने र भित्रभित्रै प्रतिबन्धित मुलुक पठाइदिन्छु भनेर रकम असुलेर ठगी गर्ने गरेको पाइएकाे छ । साथै ३ वर्षदेखि पैसा लिएर फिर्ता नगरेको पनि भेटिएको सञ्जेलले बताए ।

इजरायल पनि नपठाएको र रकम फिर्ता पनि नगरेको भन्दै पीडितहरुले पैसा फिर्ता पाउनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्ने माग राखेर श्रम कार्यालयमा उजुरी दिएका थिए । उजुरीकै आधारमा श्रम कार्यालयले पक्राउ पुर्जी जारी गरेपछि महानगरीय प्रहरी परिसर टेकुले कुलबहादुरलाई काठमाडौंबाट पक्राउ गरेर विराटनगर ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.