मोरङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

मोरङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

विराटनगर : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित गछिया खोलाको पुलमा टिपरको ठक्करबाट बिहीबार साँझ एकजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना १ क ८४०६ नम्बरको टिपरले सोही दिशाबाट आउँदै गरेको साइकललाई पुलमा ठक्कर दिँदा सुन्दहरैंचा–६ का ६५ वर्षीय बलराम राईको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार टिपरको ठक्करबाट घाइते भएका साइकल यात्री राईको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा साँझ ७ बजे मृत्यु भएको हो ।

साइकल आफै अनियन्त्रित भएर पल्टिएपछि तिव्र गतिमा रहेको मिक्स गिट्टी लोड गरेको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । राजमार्गको पुलको बीचमा दुर्घटना भएपछि केही बेर राजमार्ग अवरुद्ध भएको थियो ।

टिपर बी कोई बिल्डर्स प्राली शाखा कार्यालय हरिनगरा सुनसरीको हो । टिपर र चालक ३० वर्षीय विष्णुकुमार चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.