मजदुर आन्दोलनले जोगवनी नाकाबाट इन्धन ढुवानी ठप्प

मजदुर आन्दोलनले जोगवनी नाकाबाट इन्धन ढुवानी ठप्प

विराटनगर :  मजदुर आन्दोलनले जोगवनी नाका हुँदै भारतबाट आयात हुने पेट्रोलियम पदार्थ शुक्रबार आउन सकेन। पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ र पेट्रोलिय ट्यांकर चालक संघको आह्वानमा ढुवानी मजदुरले आन्दोलन सुरु गरेपछि इन्धन आयात ठप्प भएको हो। 

छ सय बढी मजदुरले भारतको बरौनी डिपोबाट हुँदै आएको ढुवानी ठप्प पारेपछि शुक्रबार पेट्रोल र डिजेल बोकेका ट्यांकर नेपाल प्रवेश गर्न पाएनन्। 

भारतीय पक्षले दुःख दिने र ट्यांकर चालकमाथि अभद्र व्यवहार गर्ने क्रम बढेपछि ढुवानी रोक्नु पर्ने अवस्था आएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष केशव अचार्यले जानकारी दिए। ‘मजदुरमाथिको गलत हर्कत र दुव्र्यवहार रोकिनु पर्छ भन्ने हाम्रो माग हो’, उनले भने।  

भारतीय भूमीबाट सहज रुपमा ट्यांकर ल्याउने वातावरण नबनेसम्म इन्धन लोड अनलोड नगर्ने आचार्यको भनाइ छ। भारतको मिरगञ्जदेखि जोगवनीसम्मको ४ किलोमिटर सडक भत्किएर दोहोरो सवारी साधन आवतजावतमा समस्या भएको छ। 

लोड भएर आएका सवारी साधनलाई नेपाल प्रवेश गर्नका लागि मात्रै जोगवनी नाका प्रयोग गर्न दिने नेपाल र भारतका अधिकारीबीच सहमति भएको थियो। खाली गाडीलाई भने भारत फर्काउन निर्माणाधिन आईसीपीको बाटो प्रयोग गर्ने र जोगवनीको प्रयोग गर्न नदिने सहमतिमा उल्लेख थियो। 

तर, खाली ट्यांकर जोगवनी हुँदै भारततर्फ फर्काउँदै गर्दा असार १४ गते चारजना चालक जोगवनीमा पक्राउ परे। पक्राउ पर्नेमा को १ ख ३९२२ नम्बरको ट्यांकारका चालक मोहम्मद खुर्सीद, ना ४ ख ५६२ का महेश उराव, ना ४ ख ६१३२ का सञ्जय मण्डल र ना ७ ख ५८५४ नम्बरका चालक दुर्गा बास्तोला थिए। उनीहरुलाई दुई दिन हिरासतमा राखेर दुईदुई हजार जरिवाना तिरेपछि छोडिएको थियो। 

नेपाल आयल निगमले मजदुर आन्दोलनले भारतीय भूमीमा इन्धन लोड गरिएका एक सय १० वटा ट्यांकर रोकिएको बताएको छ। रोकिएका मध्ये ३८ ट्यांकरको भारतीय भन्सारले जाँचपास नै गरिसकेको छ। 

निगमका प्रदेश १ प्रमुख दिनेश यादवले भारतीय पक्षले जरिवाना लिने, कुट्ने, थुन्ने र दुव्र्यवहार गर्ने गरेको भन्दै मजदुर विरोधमा उत्रिएको बताए। उनले समस्या समाधानका लागि भारतीय पक्षसँग पहल भइरहेको जानकारी दिए।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मनिराम पौडेलले पेट्रोलियम पदार्थ लोड भएका ट्यांकर भारतीय आईसीपीबाटै अगाडि नबढेको बताए। ‘हामी जाँचपास गर्न तयार छौं र भारतीय भन्सार इन्धनका ट्यांकर पठाउन तयार छ,’ पौडेलले भने, ‘तर मजदुरकै समस्याका कारण ढुवानी हुन नसकेको हो।’ 

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मजदुरले आईसीपीको बाटो हुँदै इन्धन ढुवानी गर्न पाउनु पर्ने माग गरे पनि भारतीय पक्षले आईसीपी खोल्न परराष्ट्र मन्त्रालयको अनुमति चाहिन्छ भनेर रोक लगाएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.